सरकारले लामो दूरीका यातायातका साधन असोज १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ।
मन्त्रिपरिषद बैठकले अन्तरजिल्ला र लामो दूरीका यातायात असेज १ गनेदेखि सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए। यस्तै आन्तरिक हवाइ उडान पनि असोज १ देखि नै सञ्चालनमा आउने उनले बताए।
यसअघि भदौ १६ गतेदेखि अन्तरजिल्ला र यातायातका साधन सञ्चालन गर्ने निर्णय भएको भएपनि कोरोनाको जोखिम कायमै रहेकाले असोज १ गतेसम्मका लागि सारिएको खतिवडाले बताए।
प्रतिक्रिया