ad ad

कारोबार


बुद्ध एयरलाई ‘ट्राभलर्स च्वाइस अवार्ड’

बुद्ध एयरलाई ‘ट्राभलर्स च्वाइस अवार्ड’

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार ८:४९,

नेपालको आन्तरिक उडानमा सबैभन्दा ठूलो हिस्सा भएको निजी क्षेत्रको बुद्ध एयरले ‘ट्राभलर्स च्वाइस अवार्ड’ पाएको छ। बुद्ध एयरलाई ट्राभल वेबसाइट कम्पनी ट्रिपएडभाइजरले दिएको हो।

अमेरिकामा रहेको उक्त वेबसाइटले प्रत्यक वर्ष वायुसेवा कम्पनीलाई वितरण गर्दै आएको अवार्ड अन्तरगत सन् २०२० को अवार्ड बुद्धले पाएको छ।

विदेशीहरुले यात्रा गर्नुअघि र गरेपछि दिएको प्रतिक्रिया तथा कमेन्टका आधारमा एयरलाइन्सहरुलाई अवार्ड दिने गर्छ।

पर्वतीय क्षेत्रमा गएका विदेशी पर्यटकले गरेको कमेन्टका आधारमा ट्रिपएडभाइजरले ४ दशमलव ५ स्टार पाएको बुद्ध एयरले जनाएको छ।

बुद्धले आन्तरिक उडानतर्फ पोखरा, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सिमरा, विराटनगर, भद्रपुर र पोखरा विमानस्थलवाट भरतपुर र भैरहवा उडान गर्दै आएको छ।

कोभिड १९ को कारण अहिले सबै उडान बन्द रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .