लकडाउन अगाडि घोषणा भई महामारीका कारण प्रसारण हुन नसकेको ‘डान्सिङ विथ स्टार्स नेपाल’को असोज २ गतेदेखि हिमालय टेलिभिजनमा प्रशारण सुरु भएको छ।
कोरोनाको महामारी बीचमै मनोरञ्जन प्रदान गर्ने हेतुले सुरु भएको ‘डान्सिङ विथ स्टार्स नेपालको’ को सह–प्रायोजन डिशहोम फाइबर नेटले गर्ने भएको छ।
बीबीसी स्टुडियो फमेटमा आधारित डान्सिङ सो रियालिटी सो अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त टेलिभिजन रियालिटी शो हो। एएनसी प्रोडक्सनले ल्याएको यो रियालिटी शोमा १२ नेपाली सेलेब्रेटी तथा कोरियोग्राफरले ट्रफीको लागि प्रतिस्पर्धा गर्नेछन्।
डिशहोम फाईवर नेटसँगै डिशहोम गो पनि यस कार्यक्रमको सहप्रायोजकको रुपमा रहेको छ।
प्रतिक्रिया