ad ad

कारोबार


नियमित सेवा शुल्क नबढाएको नर्भिक अस्पतालको दाबी

नियमित सेवा शुल्क नबढाएको नर्भिक अस्पतालको दाबी

नेपालखबर
असोज २०, २०७७ मंगलबार १२:२,

नर्भिक अस्पतालले आफ्नो कुनै पनि नियमित सेवाशुल्क नबढाएको जनाएको छ। 

मंगलबार एक विज्ञप्ति प्रकाशित गरी नर्भिकले कोभिडका कारण बढेका अतिरिक्त खर्चहरुको व्यवस्थापनका लागि ‘सुरक्षा दस्तुर’ लिइएको स्पष्ट पारेको छ।

कोभिड–१९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै दैनिक ठूलो संख्यामा आउने बिरामीका आफन्त(भिजिटर)हरुको समेत स्वास्थ्य सुरक्षालाई ख्याल गर्दा सिर्जना हुने अतिरिक्त दायित्व व्यवस्थापन गर्न कोभिडको प्रभाव रहुञ्जेलसम्मका लागि मात्र लिएको शुल्कलाई गलत रुपमा बुझिएको अस्पतालको भनाई छ।

‘हामीले अस्पताल परिसरमा पनि सुरक्षाका स्तरीय उपायहरु अपनाइरहेका छौं। अस्पताल परिसरमै व्यवस्थित हात धुने व्यवस्था, अस्पतालको मुख्य ठाउँहरुमा ह्याण्ड स्यानिटाइजरको व्यवस्था, अस्पताल आउने तर मापदण्डअनुसारको मास्क नलगाउने भिजिटरहरुलाई निःशुल्क रुपमा मास्क वितरण, ह्यूमन टच प्वाइन्ट (मानिसहरुले बढीभन्दा बढी छुनसक्ने ठाउँ) लाई दैनिक डिसइन्फेक्सन लगायतका सुुरक्षात्मक उपायहरु अपनाउँदा सिर्जना भएको अतिरिक्त दायीत्व अस्पतालको एक्लो प्रयासले मात्र पूरा हुन असंभव भएकोले ‘सुरक्षा दस्तुर’ लिइएको हो’ नर्भिकको विज्ञप्तिमा उल्लेख छ।

अस्पतालले अस्पतालमा हुनसक्ने कोभिड संक्रमणका सम्भावित स्रोत भिजिटरहरु पनि हुनसक्छन् भन्दै भिजिटरहरु स्वास्थ्य सुरक्षाको मापदण्डमा नबसिदिँदा उनीहरुबाट बिरामी वा अस्पतालका डाक्टर, नर्स, कर्मचारीमा समेत कोरोना संक्रमण हुने क्रम बढेसँगै दस्तुर लिएरै भए पनि सबैलाई सुरक्षित गर्नका लागि यो अभ्यास गरिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .