ad ad

कारोबार


नविल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल

नविल बैंकको अध्यक्षमा उपेन्द्र पौड्याल

नेपालखबर
असोज २०, २०७७ मंगलबार १२:५४,

नविल बैंक लिमिटेडको अध्यक्षमा बैंकर तथा समाजसेवी उपेन्द्र पौड्याल नियुक्त भएका छन्। मंगलबार बसेको सञ्चालक समितिको बैठकले पौड्याललाई अध्यक्षमा नियुक्त गरेको बैंकले जानकारी दिएको छ।

२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब तीन वर्षपछि अध्यक्ष बनाएको हाे। उनी पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत रहेका छन्।

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी यसअघि एनएमबी बैंक लिमिटेडको संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए।

नबिल बैंक लिमिटेडमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ। अध्यक्ष शम्भु प्रसाद पौड्याल र सदस्य दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो।

२०७२ वैशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आएका शम्भु प्रसाद पौड्यालको पदावधि असोज १७ गते सकिएको छ। नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका पौड्याल सर्वसाधारण शेयरधनीका तर्फबाट २०४२ माघ २७ गते सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए।

nabil-paudyal.jpg

अध्यक्ष तथा सञ्चालक रहेर पौड्यालले बैंकको क्षेत्र विकासमा पुर्याएको योगदान सम्मानयोग्य रहेको बैंकले जनाएको छ। उनको नेतृत्वमा बैंकले हासिल गरेको प्रगति उल्लेखनीय रहेको बैंकले जनाएको छ।

यसैगरी, अग्रवाल करिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रहे। उनी पहिलो पटक २०५१ भदौ १५ गते सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका थिए। त्यसपछि, सन् २०७२ सम्म निरन्तर सञ्चालकमा नियुक्त हुँदै आएका थिए। बैंकलाई आजको अवस्थामा ल्याइपुर्याउन उनको पनि महत्वपूर्ण भूमिका रहेको बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .