ad ad

कारोबार


चाडपर्व नजिकिँदै गर्दा काठमाडौंका मुख्य व्यापारिक क्षेत्रमा छैन कुनै चहलपहल

चाडपर्व नजिकिँदै गर्दा काठमाडौंका मुख्य व्यापारिक क्षेत्रमा छैन कुनै चहलपहल

नेपालखबर
असोज २१, २०७७ बुधबार ५:३६,

चाडपर्व नजिकिँदै गर्दा काठमाडौँका मुख्य व्यापारिक क्षेत्रहरुमा सुनसान देखिएको छ।

दशैं, तिहार, छठलगायतका ठूला चाडपर्व नजिकिँदै गए पनि काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक बजारमा चहलपहल कम देखिएको छ।

विगतका वर्षहरुमा दशैं नजिकिएसँगै निकै भिड हुने बजारमा यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सुनसान देखिएको हो। मंगलबार साँझ न्यूरोड, दरबारमार्ग, ठमेललगायतका बजारमा पुग्दा कुनै चहलपहल नभएकाे पाइँएकाे हो। केही पसलहरु खुलेको देखिए पनि अधिकांश पसलहरु बन्द  थिए। चाडबाडका लागि सामान खरिद गर्न जानेहरु निकै न्यून देखिए।

खासगरी लत्ताकपडा, घरायसी सामग्री, मोबाइल फोन, टेलिभिजनलगायतका बाजरमा सुनसान देखिएको छ। विगतमा चाडपर्वको समयमा निकै भिड हुने क्षेत्र यसपटक सुनसान हुँदा व्यापारीहरु पनि निरास बनेका छन्।

न्यूरोड, दरबारमार्ग र ठमेल त्यसै पनि साँझको समयमा निकै भिड हुने बजार हुन्। तर, यसवर्ष कोरोना संक्रमणको जोखिमका कारण मानिसहरु सामान खरिद गर्न बजार निस्किएका छैनन्। त्यसैले पनि बजार सुनसान भएको छ भने व्यापार नै नभएको व्यापारीहरुको गुनासो छ।

ठमेल क्षेत्रमा आन्तरिक ग्राहकभन्दा पनि पर्यटकहरु किनमेलका लागि बढी आउने क्षेत्र हो। पर्यटकीय क्षेत्र भए पनि यसवर्ष पर्यटकहरु नै देख्न पाइँदैन। त्यसैले पर्यटकलाई लक्षित गरी खोलिएका पसलहरु पनि प्रायः बन्द हुने गरेको देखिएको छ। कोरोनाका कारण उपभोक्ता नभएपछि व्यापारीक क्षेत्र सुनसान मात्रै भएको छैन यसको असर समग्र अर्थतन्त्रमा समेत पर्ने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .