कोभिडपछि पहिलो नेपाली टोलीले सफल हिमाल आरोहण गरेको छ। सात जना नेपालीको टोलीले बरुन्त्से हिमाल सफल आरोहण गरेको हो।
पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार भदौ २९ गते ७ जनाको नेपाली टोलीले बरुन्त्सेको शिखर चुमेका थिए।
नेपाली टोली दावा स्टेफन शेर्पाको टोलीले बरुत्से हिमाल आरोहण गरेको हो। विभागले कोभिड १९ पछि पहिलो टोलीलाई भदौमा बरुन्त्से हिमाल आरोहणका लागि अनुमति दिएको थियो।
७ हजार १ सय २९ मिटर उचाइको माउन्ट बरुन्त्से शरद् ऋतुको पहिलो अनुमति थियो।
नेपाली टोलीपछि अनुमति पाएको बहराइनको टोलीले दुई हिमाल आरोहण गरिसकेको छ। बहराइन राजकुमारसहितको टोलीले लोबुचे हिमाल र मनास्लु हिमाल सफल आरोहण गरेका हुन्।
चैतमा रोकिएको आरोहण सरकारले साउन १५ पछि हिमाल आरोहण गर्नेलाई अनुमति दिने बताएको थियो।
हिमाल आरोहणका लागि नेपाल आउने विदेशी पर्यटकलाई समेत भिसा दिने निर्णय गरिसकेको छ।
प्रतिक्रिया