शुभलक्ष्मी फुड एण्ड बेभरेज प्रालि उद्योग दर्ता र खाद्य अनुज्ञापत्रविना जारको पानी उत्पादन गरेर बिक्री वितरण गरेको पाइएको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले अनुमतिविना नै पानी उत्पादन गरेको फेला परेको हो।
अनुमति पनि नलिएको र मापदण्डविपरीत गुणस्तरहीन पानी समेत उत्पादन गरिरहेको विभागको अनुगमन टोलीले फेला पारेको हो। आज भएको अनुगमनको क्रममा भूमिगत पानी निकाली बिक्री गरेको पाइएको थियो।
उक्त कम्पनीको पानीमा गुनासो आएपछि विभागले अनुगमन गरेको हो। अनुगमनपछि उद्योग सिलबन्दी गरिएको विभागले जानकारी दिएको छ।
— बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग (@DOCSCP1) October 20, 2020कार्तिक ३ गते,
पानीको जारमा किरा देखिएको गुनासो आएकोले विभागको टोलीले शुभलक्ष्मी फुड एण्ड वेभरेज प्रा.लि.टोखा न.पा.माअनुगमन गर्दा उद्योग दर्ता र खाद्य अनुज्ञापत्रबिना भुमिगतपानी बिक्री बितरण गरेको पाइदा उक्त पानी उद्योग सिलबन्दी गरिएको छ।@Baikuntha_Aryal @NPrayas @MOICS_Official pic.twitter.com/oxwKTdIZAb
Shares
प्रतिक्रिया