ad ad

कारोबार


नव नियुक्त पर्यटनमन्त्री ढकाल भन्छन् : निगममा राजनीतिक हस्तक्षेप हुँदैन

नव नियुक्त पर्यटनमन्त्री ढकाल भन्छन् : निगममा राजनीतिक हस्तक्षेप हुँदैन

नेपालखबर
पुस १४, २०७७ मंगलबार १३:६,

नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल वायु सेवा निगममा रहेका समस्या समाधान गर्न सहज नभएपनि सम्भव रहेको बताएका छन्। 

मंगलबार अपरान्ह निगमको स्थलगत निरीक्षणपछि उनले कर्मचारीहरुलाई निर्देशन दिँदै निगमलाई यथास्थितिमा होइन समय सापेक्ष सुधार र परिवर्तनद्वारा उपलब्धिमूलक बनाउनुपर्ने बताए।

मन्त्री ढकालले निगमका सामु समस्याहरु छन्, समाधान सहज छैन तर सम्वन्धित सबैले प्रतिवद्धताका साथ योगदान गरेमा असम्भव भन्ने केही छैन भन्दै नीतिगत, व्यवस्थापकीय कुन पक्षमा त्रुटी छ त्यसका सुधार गर्नमा सक्रियता आवश्यक भएको बताए।

निगमको विकासमा कुनै प्रदुषण छ भने इमान्दारीपूर्वक शुद्धिकरण गर्दै जानु पर्दछ भन्दै लक्ष्य ठूलो राखेर मात्र नहुने र उपलब्धि तर्फ पनि विशेष ध्यान दिनुपर्ने बताए। उनले निगमको विकासमा कर्मचारी मात्र होइन उच्च सरकारी निकायसमेत जिम्मेवार हुनुपर्छ भन्दै निगमको उन्नतिमा आफ्नो तर्फबाट हरसम्भव सहयोग हुने र राजनैतिक हस्तक्षेप नहुने विश्वास दिलाए।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले राष्ट्रिय ध्वजावाहकको रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्य बढाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउँदै भएको स्थिर सम्पत्तिलाई आयमूलक क्षेत्रमा परिवर्तन गरी वित्तिय सुदृढता तिर लाग्न आग्रह गरे। उनले सकारात्मक सोचसहित सरकारले पूँजी बढाउने काममा सहयोग गर्ने विश्वास दिलाउँदै कर्मचारी पाल्न ऋण लिन नपरेकोमा सराहना गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .