दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नं को बस लमही–घोराही सडक खण्डको मुसोट नजिकै आज साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए।
मृतकको सनाखत हुन सकेको छैन। सो दुर्घटनामा दुई दर्जनबढी यात्रु घाइते भएकामा ६ गम्भीर घाइते रहेको उपरीक्षक चन्दले बताए।
घाइतेको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको जनाइएको छ। रासस
प्रतिक्रिया