ad ad

कारोबार


पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग

नेपालखबर
असार १०, २०७८ बिहिबार ७:५५,

मोहन वैध निकट अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।

संगठनका अध्यक्ष हरिकृष्ण गुजुरेलले एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि फिर्ता गर्न भनेका हुन्।

'यसले नेपाली जनताको ढाड सेक्ने काम गरेको छ। कोभिड–१९ को दोस्रो लहरबाट सिङ्गो मुलुक नै आक्रान्त बनेको अवस्थामा जनताको जीवन अत्यन्त कष्टकर बनिरहँदा सरकार जनताप्रति जवाफदेही हुनुको सट्टा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिनुमा हाम्रो सङ्गठन उक्त कार्यको घोर विरोध र निन्दा गर्दछ,' विज्ञप्तिमा भनिएको छ।

मूल्यवृद्धि फिर्ता नभए सङ्घर्षमा उत्रन बाध्य हुने क्रान्तिकारीले चेतावनीसमेत दिएको छ। आयल निगमले वुधबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .