ad ad

कारोबार


१३ कम्पनीको २ अर्बबराबरको आईपीओ पाइपलाइनमा

१३ कम्पनीको २ अर्बबराबरको आईपीओ पाइपलाइनमा

नवराज रेग्मी
असार २, २०७६ सोमबार ७:५१,

नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षको ११ महिनासम्ममा १३ कम्पनीको २ अर्ब ६ करोड ८० लाख ३६ हजार रुपैयाँबराबरको प्राथमिक सेयर अर्थात् इनिसियल पब्लिक अफरिङ (आईपीओ) पाइपलाइनमा रहेको जनाएको छ। बोर्डका अनुसार आठवटा जलविद्युत् कम्पनी, तीनवटा माइक्रोफाइनान्स, मर्चेन्ट बैैंक र इन्भेष्टमेन्ट कम्पनीका २ करोड ६ लाख ८० हजार ३ सय ६० कित्ता आईपीओ पाइपलाइनमा रहेका छन्।

जसमध्ये ग्रिनलाइट हाइड्रोकाे ३४ लाख ९६ हजार ४ सय कित्ता र लिबर्टी इनर्जीको ३७ लाख ५० हजार कित्ता आईपीओको बोर्डले प्रारम्भिक अध्ययन गरिरहेको छ भने शुभम् पावर लिमिटेड ५ लाख ८० हजार ५ सय ८० कित्ता र घोडीघोडा लघुवित्त वित्तीय संस्थाको १ लाख ३२ हजार ६ सय कित्ताकाे प्रारम्भिक अध्ययनपछि विद्युत नियमन आयोगबाट पाएको स्वीकृतिपत्र पठाउन भनेको छ। त्यस्तै सीबीआईएल क्यापिटल, मैलुङ खोला जलविद्युत् कम्पनी, माउन्टेन इनर्जी नेपाल, शिवश्री हाइड्रोपावर, सबैको लघुवित्त वित्तीय संस्था, आँधीखोला लघुवित्त वित्तीय संस्थाको साढे ९२ करोडबराबरको आइपीओको अध्ययन गरिरहेको छ।

त्यस्तै तीनवटा कम्पनीको आईपीओ भने पूर्ण हुने तयारीमा रहेका छन्। गर्जाङ उपत्यका हाइड्रो, लाफिङ बुद्ध पावर नेपाल र सीईडीबी हाइड्रो फन्डको ३४ करोड ६७ लाखको आईपीओ स्वीकृति हुने अन्तिम तयारीमा रहेको बोर्डले जनाएको छ।

१० महिनामा २५ कम्पनीका ७ अर्ब २४ करोडको आईपीओ स्वीकृत
यसैबीच, बोर्डले चालू आर्थिक वर्षमा १० महिनामा २५ वटा कम्पनीलाई ७ अर्ब २४ करोडको प्राथमिक सेयर निष्काशनका लागि स्वीकृति दिएको छ। बोर्डले ०७५ भदौ ३ देखि ०७६ वैशाख २५ गतेसम्म उक्त रकमबराबरको प्राथमिक सेयर निष्काशनलाई स्वीकृति प्रदान गरेको हो।

प्रतिकित्ता सय दरका प्राथमिक सेयरहरु जारी गर्ने संस्थाहरुमध्ये कालिका पावर कम्पनीले १२ लाख कित्ता, चौतारी लघुवित्त वित्तीय संस्थाले ६ लाख कित्ता सेयर निष्काशनको अनुमति पाएको थियो। पुँजी संरचनामा सुधारपछि थप ६० हजार कित्ता सेयर बोर्डमा सूचीकृत भएको थियो। त्यस्तै हिमालय ऊर्जा विकास कम्पनीले स्थानीय मानिसका लागि जारी पुँजीको ३० प्रतिशत अर्थात् ९ करोड ९० लाखको आईपीओ जारी गर्न स्वीकृति पाएको थियो। त्यस्तै मध्यभोटेकोशी जलविद्युत् कम्पनीले १ करोड ४४ लाख कित्ता, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १६ लाख ९० हजार कित्ता, घलेम्दी हाइड्रो लिमिटेडले १५ लाख ५५ हजार ७ सय ७० कित्ता, युनिभर्सल पावर कम्पनीले ९६ लाख ६१ हजार ६ सय १० कित्ता, शिवश्री हाइड्रोले १४ लाख ७६ हजार ४ सय कित्ता, पाँचथर पावर कम्पनीले १९ लाख २५ हजार कित्ता आईपीओ जारी गर्न स्वीकृति पाएका बोर्डले जनाएको थियो।

त्यस्तै चालू आवमा ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले १८ लाख कित्ता, आशा लघुवित्त वित्तीय संस्थाले ६ लाख ७४ हजार, हिमालय ऊर्जा विकास कम्पनीले १४ लाख ८५ हजार, युनियन हाइड्रोपावर लिमिटेडले ३५ लाख ३४ हजार ३ सय ४० कित्ता, माउन्टेन हाइड्रो नेपाल लिमिटेडले १८ लाख १६ हजार १ सय १० कित्ता, स्पर्श लघुवित्त वित्तीय संस्थाले २ लाख ६९ हजार ६ सय ३० कित्ता, त्रिशूली जलविद्युत् कम्पनीले ३७ लाख ५ हजार कित्ता प्राथमिक सेयर जारीका लागि स्वीकृति पाएका थिए।

त्यस्तै गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ३ लाख ३५ हजार कित्ता, साञ्जेन जलविद्युत् कम्पनीले ५४ लाख ७५ हजार, रसुवागढी हाइड्रोपावरले १ करोड २ लाख ६३ हजार १ सय ५०। कित्ता, नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले १ लाख ६१ हजार ७ सय ७८ कित्ता, गुराँस लघुवित्त वित्तीय संस्थाले २ लाख ५० हजार कित्ता, जनसेवी लघुवित्त वित्तीय संस्थाले ४ लाख ६३ हजार ३ सय कित्ता, स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले १ लाख ९८ हजार ६ सय १० कित्ता र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ लाख ७४ हजार तथा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले ७८ लाख कित्ता प्राथमिक सेयर जारीका लागि बोर्डबाट स्वीकृति पाएका थिए। चालू आवमा २५ मध्ये १६ वटा हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएको बोर्डले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .