नाडाअटोमोवाइल्स एसोसिएसन अफ नेपालको सहयोग र सहकार्यमा तथा लुम्बिनी अटोमोबाइल्स एसोसिएसनको आयोजनामा लुम्बिनी तथा नेपालगन्ज क्षेत्रका अटोमोवाइल्स व्यवसायीहरुको लागि कर, भन्सार तथा भिसिटीएस ट्रेनिङ सम्पन्न भएको छ।
शुक्रबार बुटवलको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा आयोजना भएको ट्रेनिङ कार्यक्रममा सदस्य र अन्य आमन्त्रित सदस्यहरु सहित १२५ जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नाडाका अध्यक्ष ध्रुव थापाले नाडा सधैँ देश भर छरिएर रहेका सदस्यहरुको समस्यासँग जुध्न र उनीहरुको क्षमता अभिवृद्धि गर्न लागिपरेको बताए। सबै क्षेत्रका व्यवसायीको व्यावसायिक कार्यक्षमता विकास आवश्यक रहेको उनको भनाइ थियो।
भैरहवा भन्सार प्रमुख ज्ञानेन्द्र ढकालले भन्सार क्षेत्रको विद्यमान व्यवस्था र ब्यवसायीहरुले भन्सारमा अपनाउनुपर्ने बताए। उनले भन्सार प्रशासनलाई चुस्त बनाउन पनि व्यवसायीको भूमिका महत्वपूर्ण हुने जानकारी दिए।
त्यसैगरी भैरहवा आन्तरिक राजस्व कार्यालयका प्रमुख मुक्ति आचार्यले राजस्व प्रशासनका विषयमा व्यवसायीलाई जानकारी दिएका थिए। उनले कति व्यवसायीले जानेर वा नजानेर पनि करमा समस्या हुने गरेको बताउँदै, यस्ता कार्यक्रमले व्यवसायीलाई जानकारी र सचेतना जगाउने बताए।
राजस्व अनुसन्धानका अधिकृत होमबहादुर पाण्डेले भीसीटीएस व्यवसायीकै हकहितको लागि भएको बताउँदै सबैलाई यसको विषयमा जानकारी रहनुपर्ने र यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए। उनले कर छल्ने प्रवृतिपूर्णरुमा हट्नुपर्ने विषयमा व्यवसायीलाई सचेत गराए।
कार्यक्रमको अध्यक्षता गर्नु भएका लम्बिनी अटोमोवाइल्सका अध्यक्ष गणेश प्रसाद भट्टराईले नाडाको सहयोगले आफ्ना सदस्यहरुको वृत्ति विकासम ठूलो भूमिका खेलेको बताउँदै भोलिका दिनमा नाडा सँगको सहकार्यमा व्यवसायीहरुलाई अन्यकार्यक्रमहरु पनि सञ्चालन गर्ने जानकारी दिए।
उक्त कार्यक्रमका प्रमुख प्रशिक्षकको रुपमा चाटडर्ड एकाउन्टेन्ट साहिल अग्रवाल रहेका थिए।
कार्यक्रममा नाडा अटोमोवाइल्स एसोसिएसनअफ नेपालका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद दुलाल, महासचिव सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषध्यक्ष पंकज अग्रवाल, सदस्यय मुना श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
Shares
प्रतिक्रिया