सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ।
सवारी साधनमा नवीनतम प्रविधि प्रयोग भइरहेको अवस्थालाई मध्यनजर गर्दै सिप्रदीले उक्त कार्यक्रम असार १ देखि ९ गतेसम्म आयोजना गरेको हो।
देशभर फैलिएका सिप्रदीका सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरबाट ८९५ जना टाटा कमर्सियल गाडीका चालकहरुले सहभागिता जनाएका थिए।
उक्त कार्यक्रममा बीएस४ प्रविधिसम्बन्धी ज्ञान प्रदान गर्नुका साथै सुरक्षित तथा किफायती ड्राइभिङ्ग, गाडी चलाउँदा चालकहरुले के कस्ता कुराहरुमा ध्यान दिदा गाडीको कार्य क्षमता वृद्धि गर्न सकिन्छ, गाडीको आयु बढाउन के गर्नुपर्छ तथा के गर्नुहुँदैन, गाडी सञ्चालन खर्चलाई न्यूनीकरण गर्ने उपाय आदि कुराहरु तालिममा समेटिएको थियो ।
9
Shares
प्रतिक्रिया