ad ad

कारोबार


आईएमई मोटर्सको ९ महिने आय साढे २ अर्ब, अशोक लेल्यान्डको हिस्सा ९० प्रतिशत

आईएमई मोटर्सको ९ महिने आय साढे २ अर्ब, अशोक लेल्यान्डको हिस्सा ९० प्रतिशत

नेपालखबर
साउन २४, २०७९ मंगलबार १८:३, काठमाडौँ

आईएमई मोटर्स प्राइभेट लिमिटेडले गत आवको नौ महिनामा २ अर्ब ६७ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ। 

कम्पनीले गत चैतसम्म उक्त परिमाणको सञ्चालन आय गरेको हो। 

जुन अघिल्लो आवको तुलनामा चार करोड रुपैयाँले बढी हो। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार आईएमई मोटर्सले सन् २०२१ मा २ अर्ब ६३ करोड १० लाख, सन् २०२० मा २ अर्ब ८ करोड, सन् २०१९ मा ३ अर्ब २१ करोड ८० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो। 

सन् २०१० मा स्थापना भएको आईएमई मोटर्स अशोक लेल्यान्डको एकमात्र अधिकृत बिक्रेता हो। कम्पनीले अशोक लेल्यान्डको पूरै सीभी सेग्मेन्टका बस, इन्टरमिडिएट कमर्सियल भेहिकल (आईसीभी), लाइट कमर्सियल भेहिकल (एलसीभी), मिडियम कमर्सियल भेहिकल (एमसीभी) ट्रकहरु र टिपरको बिक्री गर्छ। 

आईएमई मोटर्समा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको ४७.५ प्रतिशत र आईएमई ग्रुप प्रालिको ३२.५ प्रतिशत सेयर स्वामित्व छ। बाँकी २० प्रतिशत सेयर सन्दीप अग्रवालको रहेको छ। 

चैतसम्म कम्पनीको कर, ब्याजअघिको नाफा बढेको देखिएको छ। कोभिडका बेला नाफा घटे पनि त्यसपछिका लगातार दुई वर्ष कम्पनीको नाफा बढेको हो। 

सीभी सेग्मेन्टमा कम्पनीले टाटा मोटर्स, भारतबेन्ज, आइचरजस्ता स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गरिरहेको छ। सन् २०२१ मा कम्पनीले अशोक लेल्यान्डबाट मात्रै कुलमध्ये ९० प्रतिशत आम्दानी गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .