कारोबार


ग्रेट वाल मोटरको हाभल जोलायनलाई सेफ्टी रेटिङमा फाइभ–स्टार

ग्रेट वाल मोटरको हाभल जोलायनलाई सेफ्टी रेटिङमा फाइभ–स्टार

नेपालखबर
असोज ५, २०७९ बुधबार १६:५, काठमाडौँ

जीडब्लुएम हाभल जोलायनलाई अष्ट्रेलेसियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एएनसीएपी)ले फाइभस्टार प्रदान गरेको छ। 

हाभल जोलायनले सुरक्षा रेटिङमा फाइभस्टार पाएको हो। 

यस परीक्षणमा जि.डब्लु.एम हाभल जोलायन लाई विभिन्न सम्भावित दुर्घटनामा जाँच गर्नका साथै उक्त दुर्घटनामा गाडीमा सवार ड्राईभर र यात्रुको सुरक्षको परीक्षण गरिएको थियो । 

यसका साथ साथै अरु गाडीहरुसँग ठोकिदा वा पैदलयात्री तथा साईकल चालकहरुको सुरक्षाका लागि पनि मुल्यांकन गरी उक्त रेटिङ प्रदान गरिएको हो । 

एएनक्याप सेफ्टी रेटिङ एएनक्यापको २०२०–२०२२प्रोटोकल अन्तर्गत कडा परीक्षण र जाँच पछि दिइएको कम्पनीले जनाएको छ। 

‘हाभल जोलायन जि.डब्लु.एमका गाडीहरुमा यो फाईभ स्टार रेटिङ पाउने तेस्रो गाडी भएको छ’, एएनक्यापका प्रमुख कार्यकारी अधिकृत कार्ला हुरवेगले भने।

थर्ड जेन हाभल एच् सिक्स र जि.डब्लु.एम पिक–अप क्यानन (केही अन्य अन्तर्राष्ट्रिय बजारहरूमा पावर वा पी – सिरिज पनि भनिन्छ) ले पहिले नै एएनक्यापबाट फाईभ स्टार रेटिङ प्राप्त गरिसकेका छन् । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .