रोयल इन्फिल्डलले रिसेस राइड आयोजना गरेको छ।
कम्पनीको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले शुक्रबार रिसेस राइड आयोजना गरेको हो।
मोटरसाइकल राइडमा रोयल इन्फिल्डका मोटरसाइकलसहित ५६ जना रोयल इन्फिल्ड रायडर्स सहभागी भएको कम्पनीले जनाएको छ।
सडक सुरक्षा सचेतना र सुरक्षित चलाउने जागरणका लागि राइड आयोजना गरिएको अल्फा मोटिभको भनाइ छ।
१९ गते बिहान रोयल इन्फिल्डको नक्साल शोरुमबाट राइड सुरु भई थानकोट–नागढुंगा–नौबीसे–बैरेनी हुँदै बेनीघाट–कुरिनटार–मुग्लिङदेखि आँबुखैरेनी–डुम्रे पुगेका थिए। त्यहाँबाट बन्दीपुर पुगेको राइडमा सहभागीले सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रममा भाग लिएका थिए।
राइडमा सहभागीले फ्लिप द कम गेम खेलेका थिए भने यसको विजेता सरोज पौडेललाई पुरस्कृत गरिएको थियो। २० गते राइड सम्पन्न भएको थियो।
Shares
प्रतिक्रिया