ad ad

कारोबार


टाटा मोटर्सको एक्सचेन्ज क्याम्प : ईभीसँग पनि पेट्रोल र डिजेल गाडी साट्न मिल्ने

टाटा मोटर्सको एक्सचेन्ज क्याम्प : ईभीसँग पनि पेट्रोल र डिजेल गाडी साट्न मिल्ने

नेपालखबर
फागुन २८, २०७९ आइतबार १३:२६, काठमाडौँ

टाटा मोटर्सले नेपालभर एक्सचेन्ज क्याम्प गरिरहेको छ। 

कम्पनीले यही फागुन २६, २७ र २८ गते नेपालभरि रहेका सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरुमा "द इलेक्ट्रिफाइङ एक्सचेन्ज" विशेष एक्सचेन्ज क्याम्प गरेको हो। 

उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारीसाधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ। 

चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा नि:शुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाइनेछ। 

कम्पनीका अनुसार अहिलेको अति चर्चित र सबैले रुचाएका टाटा मोटर्स नेक्सन ईभि र टिगोर ईभिको माग एकदम बढ्दो क्रममा छन्। यही मागलाई अझ सुलभ बनाउन चालू अवस्थामा रहेका गाडीहरुसँग टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक ईभीसँग साट्न सकिने छ। त्यसका साथै विभिन्न अफरहरु पनि प्राप्त गर्न सकिनेछ।  

यो सुविधा आइतबारसम्मका लागि टाटाका शोरुममा मात्र भएको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .