ad ad

कारोबार


निसान गाडी किन्नेलाई एभरेष्ट बैंकले कर्जा दिने

निसान गाडी किन्नेलाई एभरेष्ट बैंकले कर्जा दिने

नेपालखबर
चैत २, २०७९ बिहिबार १८:३८, काठमाडौँ

निसानको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले विक्री गर्दै आएको गाडीमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ। 

बैंक र पायोनियर बीच भएको सम्झौँता अनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।

दुई संस्थाबीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड  हरिश कुमार आचार्य र पायोनियर मोटो कर्प प्रा.लि.को तर्फबाट सह-महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि निसानले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तीमा उल्लेख छ। 

यो सहयोगले निसानबाट गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई सुलभ र सहज  वित्तीय सेवाहरू प्रदान गर्न लक्ष्य राखेको छ। समझौताको अनुसार, योजना सबै एभरेष्ट बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुनेछ। 

ईभीको लागि बेस रेट + ३.५० प्रतिशत र ईभीबाहेकको लागि बेस रेट +४.०० प्रतिशत हुनेछ भने ७ वर्ष को आवधि सहित, र सेवा शुल्क मात्र ०.५ प्रतिशत हुनेछ। केवल २० प्रतिशतको डाउन पेमेन्टमा ग्राहकहरू अब निसान ईभीको मालिक हुन सक्ने कम्पनीले जनाएको छ।

अहिले एभरेष्ट बैंकको देशभर रहेका १२४ शाखाबाट नै कर्जा सुबिधा ग्राहकले लिन सक्नेछन्। ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ। यो योजना पायोनियर मोटोकोर्पको आधिकारिक ब्रिक्रेता र एभरेष्ट बैंकका सबै शाखाहरुबाट  नेपालभर लागू हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .