कारोबार


पोखरामा पहिलोपटक मोटरस्पोर्ट्सको मार्सल तालिम

पोखरामा पहिलोपटक मोटरस्पोर्ट्सको मार्सल तालिम

नेपालखबर
फागुन २८, २०८० सोमबार ११:४२, काठमाडौँ

पोखरा राइडर्स क्लबको आयोजनामा पोखरामा पहिलोपटक मोटर स्पोर्ट्सको मार्सल तालिम सम्पन्न भएको छ। 

आउँदो चैत २३ र २४ मा हुने पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसिपको लागि आवश्यक मार्सलको लागि शनिबार तालिम सञ्चालन गरिएको हो। 

गण्डकी अटोमोबाइल एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठको उपस्थितिमा भएको यस तालिममा ३५ पुरुष र १० महिलालाई गरी ४५ जनालाई बेसिक मार्सल तालिम प्रदान गरिएको छ। खेलाडीको कुशलता, सृजनशीलता र साहसको संयोजन रहेको रेसिङले युवाहरुमाझ एउटा छुट्टै पहिचान बनाएर पोखरा र नेपालको पर्यटनमा टेवा पुर्‍याउन सक्ने क्षमता रहेको कुरा व्यक्त गदै श्रेष्ठले आयोजक तथा खेलाडीलाई शुभकामाना दिए ।

पोखरा मोटो इन्डुरा क्रसको लागि खेलाडीको सुरक्षा, कम्पिटिसनको फेयरनेस र आवश्यक प्राविधिक जनशक्तिको लागि यो तालिम अत्यन्त फलदायी रहेको कुरा कार्यक्रम सञ्चालक जगत धोलीले बताए।

नेपाल अटोमोबाइल एसोसिएसनका मार्सल तथा ट्रेनिङ कमिसनबाट आएका प्रशिक्षक यदुराज लामिछाने, आशिष रौनियार र क्षितिज श्रेष्ठले रेसमा प्रयोग हुने झण्डा, साइन सिग्नल, सेफ्टी गियर ग्याजेट्स, इमरजेन्सी रेस्पन्स, इभेन्ट रिर्पोटिङ्ग र मार्सलको भूमिकाबारे प्रस्तुत दिएर तालिम दिएका थिए।

नेपाली युवाहरुमा साहसिक खेलकुदप्रतिको रुचि अत्यधिक बडिरहेको अवस्थामा पोखराको बाम्दी भिर र खोला किनारको क्षेत्र प्रयोग गरी मोटरसाइकल र एटिभीमा गरिने यस रेसले पोखराको नयाँ आकर्षण केन्द्र बन्ने कुरा क्लबका अध्यक्ष सोनिक क्षेत्रीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .