कारोबार


एमजी मोटर्सले सार्वजनिक गर्‍यो पहिलो ईभी चार्जिङ एप

एमजी मोटर्सले सार्वजनिक गर्‍यो पहिलो ईभी चार्जिङ एप

नेपालखबर
फागुन २९, २०८० मंगलबार १२:२०, काठमाडौँ

एमजीको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले पारामाउन्ट चार्जिङ सोलुसन एप सार्वजनिक गरेको छ। 

यो एपले एमजीको विद्युतीय गाडी चलाउने नेपाली ग्राहकहरूका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार एपस्टोर र प्लेस्टोर दुवैमा निःशुल्क रूपमा उपलब्ध यो पारामाउन्ट चार्जिङ सोलुसन एप डाउनलोड गरेर ग्राहकहरूले सजिलैसँग आफ्नो विवरणहरू भरेर साइन अप प्रोसेस पूरा गर्न सक्नेछन्। 

चार्जिङ्ग शुल्क ʻखल्ती एप’मार्फत भुक्तानी हुने भएकोले ग्राहकहरूको अनिवार्य ʻखल्ती एप’ हुन जरूरी हुन्छ। त्यसैले कम्पनीले सबै ग्राहकहरूलाई ʻखल्ती’ एप डाउनलोड गर्न आग्रह गरेको छ। 

पारामाउन्ट चार्जिङ सोलुसन एपले देशभर रहेका ३० किलोवाट डिसी चार्जिङ स्टेसनका लाइभ अपडेटको साथै चार्जिङ्ग भुक्तानीमा सहजता पुर्‍याउनेछ।

एपले हालका लागि ३० किलोवाट चार्जर मात्र सपोर्ट गर्ने भएकोले एमजी जेड एस ईभी र एमजी फो ईभीका ग्राहकहरुलाई विशेष फाइदा गर्नेछ। हालसम्म देशभरमा एमजीका ११ वटा चार्जिङ स्टेसन छन् भने यो संख्या बढाउँदै जाने कम्पनीले जानकारी दिएको छ।  

साथै यस एपअन्तर्गतको आरएफआईडी कार्डमार्फत ग्राहकहरूले देशभरिका कुनै पनि एमजीका ३० किलोवाट चार्जिङ स्टेसनमा आफ्नो सवारीसाधन चार्ज गर्न सक्नेछन्। ग्राहकहरूले आर.एफ.आइ.डी कार्ड कम्पनिबाट लिनको लागि भ्याट सहित ५ सय रुपैयाँको वार्षिक सदस्यता शुल्क तिर्नुपर्नेछ।

यो शुल्क चार्जिङ मसिनहरु र स्टेसनहरूको मर्मतमा खर्च गरिने र प्रभावकारिता र दक्षता बढाउने कम्पनीले जनाएको छ। साथै यो एपले २४ घन्टा चार्जिङ सोलुसनहरु उपलब्ध गराइ ग्राहकहरुको चार्जिङ्ग सम्बन्धी समस्यालाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ। 

एमजी आर.एफ.आइ.डी कार्ड रिक्वेस्ट गर्न ग्राहकहरुले अनलाइन र अफलाइन दुवै तरिकाले फारम भर्न सक्नेछन्। अनलाइन फारम भर्नको लागि लिंक (यहाँ क्लिक गर्नुहोस्) मा गएर फारम भर्नुपनेछ भने अफलाइनका लागि ग्राहकले कम्पनीको वेबसाइटमा गई फारम डाउनलोड गरी त्यहाँ बताइए बमोजिम प्रक्रिया पूरा गर्नुपर्नेछ।    

आरएफआइडी फारम भर्दा ग्राहकहरुले आफ्नो सुविधा अनुसार कार्ड डेलिभरीका लागि नजिकैको शोरूम रोज्न सक्नेछन्। नेपालमा हाल एमजीको २१ वटा शोरूमहरु रहेका छन्। 

पारामाउन्ट मोटर्सले नेपाल विद्युत प्राधिकरणले तोकेको दरमा प्रति युनिट दरमा थप २० प्रतिशत शुल्क लागू गर्नेछ। प्रतियुनिट शुल्क पिक र अफ–पिक आवरमा फरक हुनसक्ने कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .