कारोबार


२ महिनापछि नेपालमै बन्नेछन् हुन्डाईका गाडी, वार्षिक ४५ सय उत्पादन गर्ने लक्ष्य

२ महिनापछि नेपालमै बन्नेछन् हुन्डाईका गाडी, वार्षिक ४५ सय उत्पादन गर्ने लक्ष्य

हुन्डाई भेन्यु


नेपालखबर
चैत ९, २०८० शुक्रबार १५:५०, काठमाडौँ

आगामी २ महिनापछि कोरियाली कम्पनी हुन्डाई मोटर्सले नेपालमै गाडी उत्पादन थाल्ने भएको छ। 

त्यसका लागि एसेम्बल युनिटसहितको प्लान्ट निर्माण अन्तिम चरणमा पुगिसकेको छ। 

नवलपरासीमा हाल प्लान्ट धमाधम निर्माण भइरहेको छ। नेपालमा हुन्डाईका गाडीको बिक्री वितरण लक्ष्मी ग्रुपले गर्दै आएको छ।

नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले आगामी मे महिनाबाट नेपालमै हुन्डाईका गाडी उत्पादन हुने जानकारी दिए। 

नेपालस्थित प्लान्टबाट वार्षिक ४ हजार ५ सय गाडी उत्पादन गर्ने लक्ष्य राखिएको उनको भनाइ छ। सुरुमा भेन्यु कारबाट गाडी उत्पादन गर्ने कम्पनीको तयारी छ। 

त्यसका लागि  लागि केही कानुनी र प्रक्रियागत जटिलता देखिएकाले समाधान गरिदिन अर्थमन्त्री वर्षमान पुनसँग शुक्रबारको भेटमा उनले आग्रह गरे।

कोरियाले नेपालमा धेरैधन्दा धेरै विदेशी लगानी भित्रियोस र रोजगारीका अवसर सृजना होओस् भन्ने चाहना राखेकाले वैशाखमा हुनलागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलन सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाए।

‘धेरै देशले नेपालमा लगानीको चाहना राखेको मैले पाएको छु। धेरै देशबाट ठूलो संख्यामा वैदेशिक लगानी भित्रियोस् र नेपालको समृद्धिमा योगदान गरोस्’, राजदूत थेयङले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई त्यसका लागि सहजीकरण गर्छौं।’

नेपालले दोहोरो कर र लगानी संरक्षण ग्यारेण्टी गर्नुपर्नेमा भने उनको चासो थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .