ad ad

कारोबार


२२ सिट क्षमताको विद्युतीय लक्जरी बस ‘भेन्चे’ भित्रिँदै, अग्रिम बुकिङ खुल्यो

२२ सिट क्षमताको विद्युतीय लक्जरी बस ‘भेन्चे’ भित्रिँदै, अग्रिम बुकिङ खुल्यो

नेपालखबर
असार १६, २०८१ आइतबार ११:५८, काठमाडौँ

शशिला मोटर्सले भेन्चे ब्रान्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुवाहक बस नेपाल भित्र्याउने भएको छ।

एकपटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने बसको बुकिङ खुल्ला गरिसकेको हो। 

बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ। गाडीमा १ सय २३ किलोवाट आवरको ब्याट्री जडान छ। 

फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दूरीमा सञ्चालन गर्न यो बस यात्रुमैत्री हुने शशिला मोटर्स प्रा.लि.का प्रबन्धनिर्देशक सन्तोष खतिवडाले बताएका छन्। 

१ सय २३ किलोवाटको ब्याट्री  क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दाबी छ ।

हाल प्रिबुकिङ गर्नेले ८९ लाख ९० हजारमा पाउने र त्यसपछि सोभन्दा केही बढ्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .