ad ad

कारोबार


आइतबारबाट पोखरामा हालसम्मै ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि

दिपल, सेरेस र नामी खरिदमा ‘एक्सचेन्ज भ्यालु’ र ‘एक्सचेन्ज बोनस
आइतबारबाट पोखरामा हालसम्मै ठूलो ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि

नेपालखबर
असोज ११, २०८१ शुक्रबार १३:५७, पोखरा

नेपालका लागि दिपल, सेरेस र नामी इलेक्ट्रिक सवारीसाधनका ब्रान्डको वितरक एमएडब्लु वृद्धिले पोखरामा हालसम्मकै ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ। 

एमएडब्लु वृद्धिले पोखरा इभेन्ट सेन्टर, बुलाउदी–०६ मा आउँदो असोज १३ देखि १५ गतेसम्म ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो। 

यो विशेष कार्यक्रममा इलेक्ट्रिक सवारीसाधनमा चाख राख्ने गण्डकीका ग्राहकले काठमाडौंका टप ३ रिकन्डिसन हाउसबाट अभुतपूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्नेछन्।

एमएडब्लु वृद्धिको ‘एक्सचेन्ज इभेन्ट’को अवधिमा ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो सोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्नेछन्। यसअन्तर्गत दिपल एस ०७ बजेट अघिको मूल्य  ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिनेछ। साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ रुपैयाँमा खरिद गर्न सकिनेछ भने नामी इभीमा ७ किलोवाटको चार्जर पाइनेछ।

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाइनेछ। यसबाहेक ‘अनस्पट फाइनान्सिंग’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सकिनेछ। दिपल, सेरेस र नामीलाई ८.४९ प्रतिशतको निश्चित ब्याजदरमा घर लान सक्नुका साथै यो कार्यक्रममा सहभागी हुने एक जना भाग्यशाली विजेताले रुपाकोटको स्टे पाइनेछ। 

यी अफरहरुबाहेक एक्सचेन्ज क्याम्पमा आएर टेस्ट ड्राइभ गर्नेले ‘फुडस्टल’ र ‘लाइभ म्युजिक’को मज्जा लिन सक्नेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .