कारोबार


पहिलो पटक हिरो ब्राण्डको सर्भिसका साथै एक्सचेन्ज महामेला हुँदै

पहिलो पटक हिरो ब्राण्डको सर्भिसका साथै एक्सचेन्ज महामेला हुँदै

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार १३:१६, काठमाडौँ

यही कात्तिक २४ गतेदेखि २९ गतेसम्म भृकुटीमण्डपमा हिरो सर्भिसका साथै एक्सचेन्ज महामेला एकै स्थानमा हुने भएको छ।

मेलामा सर्भिसका सेवाहरुमा लेबर चार्जमा ५० प्रतिशत छुट, स्पेयपार्टस एवं ल्युबमा १५ प्रतिशत छुट, एएमसी सर्भिसमा ३० प्रतिशत छुट पाइने कम्पनीले उल्लेख गरेको छ। 

यसका साथै निःशुल्क रुपमा इन्जेक्टर क्लििङ्ग, वासिङ र हिरोको मर्कन्टाईजहरु समेत पाउनका साथै हिरो टु हिरो एक्सचेन्जमा न्यूनतम भ्यालुएसन ३० हजारसहित थप भ्यालुएसन १५ हजारदेखि १ लाख वा अन्य ब्राण्ड टु हिरोमा एक्सचेन्जमा न्यूनतम भ्यालुएसन २५ हजारसहित थप भ्यालुएसन १५ हजार देखि १ लाख रुपैयाँसम्म पाइने कम्पनीले जनाएको छ। 

नयाँ हिरो मोटरसाईकल र स्कुटरहरुको खरिदमा न्यूनतम ८ हजारदेखि १ लाखसम्मको डिस्काउन्ट तथा फ्रि एसेसरिजहरु हेल्मेट, बाइक कभर र ग्लोभ्स पाइनेछ। 

सरल फाइनान्सको पनि सुविधासहित नागरिकताको भरमा हिरो मोटरसाइकल तथा स्कुटरहरु ढुक्कका साथ चढ्न कम्पनीले अनुरोध गरेको छ। 

दैनिक रुपमा लक्की ड्रमार्फत एक जना ग्राहकलाई फुलफेस हेल्मेटका साथै मेला अवधिभरमा भ्रमण गरेका ग्राहकहरु मध्येबाट लक्की ड्र गरी एक जनालाई नथिङ स्मार्ट फोन प्रदान गरिने कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad