जिली अटो ग्रुपले आफ्नो पूर्ण विद्युतीय एसयूभी जिली ईएक्स५ को २ लाख १० हजार युनिट बिक्री कायम गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
यो उपलब्धिले जिली ईएक्स५ लाई आफ्नो वर्गको सबैभन्दा सफल नयाँ विद्युतीय सवारीहरूमध्ये एकको रूपमा स्थापित गरेको कम्पनीको दाबी छ।
उत्पादक देश चीनमा जिली ईएक्स५ ले आम उपभोक्ताको मन जित्दै सार्वजनिक भएको करिब सात महिनामै १ लाख युनिटभन्दा बढी बिक्री वितरण गर्न सफल भएको थियो। थाइल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया, न्यूजिल्यान्ड, केही युरोपेली देशहरू र ल्याटिन अमेरिकी क्षेत्रहरू गरी हाल यो मोडल २६ देशहरूमा उपलब्ध छ।
जिली अटोले सन् २०२५ को पहिलो छ महिनामै विश्वभर १४ लाख सवारीसाधन बिक्री गरी अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतको वृद्धि हासिल गरेको छ। यस उपलब्धीसँगै कम्पनीले आफ्नो वार्षिक बिक्री लक्ष्यलाई २० लाख ७१ हजार यूनिटबाट बढाएर ३० लाख युनिट पु¥याएको घोषणा गरेको छ।
२१०,००० भन्दा बढी विश्वव्यापी बिक्रीलाई कम्पनीले आफ्ना ग्राहकहरूको विश्वास र जिलीको विश्वस्तरीय विद्युतीय सवारी उत्पादन क्षमताको प्रमाणको रुपमा लिएको बताएको छ ।
आगामी वर्षहरूमा जिली अटोले ब्राजिल, पोल्यान्ड, बेलायत, इटाली र हङकङ जस्ता प्रमुख बजारहरूमा आफ्नो उपस्थिति अझ विस्तार गर्ने र नयाँ ऊर्जा सवारी उत्पादन सञ्जाललाई तीव्र गतिमा अघि बढाउने योजना बनाएको छ।
नेपालमा हालै बिक्रीवितरण सुरू गरिएको यही मोडेल जिली ईएक्स५ ले पनि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ। ग्राहक तथा विद्युतीय गाडीप्रेमीहरूले स्वस्फूर्त रूपमा टेस्ट ड्राइभ र बुकिङ गर्न थालेका छन्। बढ्दो चासो र मागका कारण, नेपालका लागि जिली ईएक्स५को आधिकारिक आयातकर्ता एलआरआर मोटर्स्ले देशैभर डिलरशिप विस्तार गर्ने योजना सार्वजनिक गरिसकेको छ।
अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार थाप्दै जिली ईएक्स५
जिली ईएक्स५ले विश्वस्तरको सुरक्षा र डिजाइनमा नयाँ मापदण्ड स्थापित गरेको छ। यसले सन् २०२५ मा युरो एनक्याप र एएनक्याप (अस्ट्रेलाजियन न्यु कार एसेसमेन्ट प्रोग्राम) दुवैबाट फाइभ–स्टार सुरक्षा रेटिङ्ग प्राप्त गरेको छ।
जिलीको अत्याधुनिक जीईए प्लेटफर्ममा आधारित ईएक्स५ को अधिक मजबुत शरीर संरचना र क्लोभरलिफ ऊर्जा–शोषण डिजाइनले गाडीको ठक्कारमा पनि उच्च सुरक्षा प्रदान गर्छ। हरेक ईएक्स५ मोडेलमा ७ वटा एयरब्याग, स्वचालित आकस्मिक ब्रेक प्रणाली, अड्याप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट, ब्लाइन्ड स्पट डिटेक्सन र ३६०ड्ढ क्यामेरा प्रणाली जस्ता अत्याधुनिक सुरक्षा सुविधाहरू समाविष्ट छन्।
यी विशेषताहरुको कारण जिली ईएक्स५ ले सन् २०२५ को प्रतिष्ठित रेड डट डिजाइन अवार्ड पाएको छ, जसले यसको सुन्दर डिजाइन, एरोडाइनामिक बनावट र स्मार्ट इन्टेरियरलाई सम्मानित गरेको हो। यी उपलब्धिहरूले जिली अटोको विश्वस्तरको नवप्रवर्तन, प्रदर्शन र सुरक्षाप्रतिको प्रतिबद्धतालाई पुनःपुष्टि गरेको कम्पनीको दाबी छ।
Shares

प्रतिक्रिया