टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित गरी धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ सुरु गरेको छ।
माघ १ देखि ३ गतेसम्म धनगढीस्थित जीएआरएस ट्रेडिङमा सञ्चालन हुने यस उत्सवमा टाटाका टियागो ईभी, कर्भ ईभी, नेक्सन के३ ईभी र पञ्च ईभीलगायतका अत्याधुनिक मोडलहरू प्रदर्शन र परीक्षणका लागि राखिएका छन्।
पर्वको अवसरमा पुरानो गाडी साटेर नयाँ सवारी चढ्न चाहने ग्राहकका लागि यो उत्सव विशेष मौका बन्ने कम्पनिले जनाएको छ।
उत्सवमा सहभागी हुने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क चार्जिङ बक्स (जडान सहित) एवं निःशुल्क एभीटीसहित हरेक बुकिङमा आकर्षक उपहार पनि पाउने कम्पनीले जनाएको छ।
यस अभियानले ग्राहकलाई आधुनिक प्रविधियुक्त र किफायती सवारी साधन छनोट गर्न सहज बनाउने कम्पनीको विश्वास छ।
ग्राहकहरुले धनगढीको बोराडाडीस्थित जीएआरएस ट्रेडिङमा गएर टाटा मोटर्सले नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।
Shares

प्रतिक्रिया