बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५९ खर्ब ८० अर्ब पुगेको छ। नेपाल राष्ट्र बैंकको मंसिर २० सम्मको तथ्यांकअनुसार बैंक वित्तीय संस्थाको निक्षेप ५९ खर्ब ८० अर्ब रुपैयाँ पुगेको हो।
कुल निक्षेपमध्ये वाणिज्य बैंकको निक्षेप ५२ खर्ब ८९ अर्ब रुपैयाँ छ। अन्य वित्तीय संस्थाको ६ खर्ब ९१ अर्ब छ।
बैंक वित्तीय संस्थाको कुल कर्जा प्रवाह मंसिर २० सम्ममा ४९ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ। कुल कर्जामा वाणिज्य बैंकको कर्जा प्रवाह ४४ खर्ब ७ अर्ब र अन्य वित्तीय संस्थाको ५ खर्ब ७४ अर्ब रुपैयाँ छ।
बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्दै जाँदा र कर्जा प्रवाहमा उत्साह नआउँदा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.४८ प्रतिशतमा झरेको छ। त्यस्तै अन्तर बैंक ब्याजदर ०.९६ प्रतिशतमा झरेको छ।
66
Shares
प्रतिक्रिया