कारोबार


ग्लोबल आईएमई बैंकमा स्विस इन्भेस्टमेन्ट फन्डको एक अर्ब ३२ करोड लगानी

ग्लोबल आईएमई बैंकमा स्विस इन्भेस्टमेन्ट फन्डको एक अर्ब ३२ करोड लगानी

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार १७:२९, काठमाडौँ

स्विस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटले ग्लोबल आईएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

यससम्बन्धी सम्झौतामा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र स्विस इन्भेस्टमेन्ट फन्ड फर इमर्जिङ मार्केटका अध्यक्ष जोर्ग फ्रिडेनले हस्ताक्षर गरेका हुन्। 

उक्त लगानीलाई बैंकले कृषि, लघु, साना तथा मझौला व्यवसायमा वित्तीय पहुँच बढाउन परिचालन गर्नेछ।

यस लगानीको उद्देश्य कृषि, लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने र रोजगारी सृजना गर्ने रहेको बैंकले जनाएको छ। 

स्विस फन्डसँगको सम्झौताबाट नेपालको कृषि, लघु, साना तथा मझौला उद्यमको विकासमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।  

नेपालस्थित स्विट्जरल्यान्डको दूतावासले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत यो लगानीले नेपालमा कृषि, लघु, साना तथा मझौला व्यवसाय विस्तारका लागि बैंकसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .