कारोबार


नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै, वार्षिक ८ प्रतिशत ब्याज पाइने

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै, वार्षिक ८ प्रतिशत ब्याज पाइने

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १८:१९, काठमाडौँ

नबिल बैंक लिमिटेडले ‘८% नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।

यसबारे दुई कम्पनीबीच सम्झौता भएको छ। सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले हस्ताक्षर गरेका छन्। 

बैंकले प्रतिऋणपत्र १ हजार रूपैयाँ अंकित मूल्यका ऋणपत्र निष्काशन गर्न थालेको हो। वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि ८ वर्षको नै छ। ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरिने नबिल बैंकले जनाएको छ। 

यो ऋणपत्रमध्ये १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ८० करोड ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब २० करोड ऋणपुँजी रकम सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशन गर्न थालिएको हो।

सर्वसाधारणको लागि छुट्टयाइएको १२ लाख कित्तामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .