ad ad

कारोबार


मौद्रिक समीक्षा कार्यान्वयन गर्न एकीकृत निर्देशन जारी, संशोधन भए यी व्यवस्था

मौद्रिक समीक्षा कार्यान्वयन गर्न एकीकृत निर्देशन जारी, संशोधन भए यी व्यवस्था

नेपालखबर
जेठ १३, २०८१ आइतबार १७:४६, काठमाडौँ

मौद्रिक नीतिको समीक्षा कार्यान्वयनका लागि राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गरेको छ।

बैंकले आइतबार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०८० सार्वजनिक गर्दै १४ वटा व्यवस्थालाई संशोधन गरेको हो। 

निर्देशनले कर्जा नोक्सानी १.२५ प्रतिशतलाई घटाएर १.२ प्रतिशतको व्यवस्था गर्नुपर्ने, घरजग्गा खरिद निर्माण क्षेत्रमा प्रवाहित कर्जाको ऋण भुक्तानी आम्दानी अनुपात ७० प्रतिशत कायम गर्नुपर्ने, वाणिज्य बैंकहरुले कुल पुँजीको १ प्रतिशतबाट बढाएर २० प्रतिशतसम्म सेयर बेच्न पाउनेलगायतको व्यवस्था गरेको छ। 

त्यस्तै २५ लाखभन्दा माथिको हायरपर्चेज कर्जा तथा सवारी कर्जामा लाग्दै आएको जोखिम भारलाई १०० प्रतिशतमा झार्नुपर्ने व्यवस्था पनि एकीकृत निर्देशनले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .