ad ad

कारोबार


कामना सेवा विकास बैंकको १ लाख कित्ता सेयर लिलामीमा, कसले दिन पाउँछन् आवेदन?

कामना सेवा विकास बैंकको १ लाख कित्ता सेयर लिलामीमा, कसले दिन पाउँछन् आवेदन?

नेपालखबर
असार २०, २०८१ बिहिबार १३:४२, काठमाडौँ

कामना सेवा विकास बैंकको एक लाख कित्ता सेयर लिलामीमा राखिएको छ।

बैंकले १ लाख ४ हजार ८८ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। 

बैंकले पहिलो पटक संस्थापक सेयरधनीबाटै खरिदका लागि आवेदन माग गरेको छ।

संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा भने बैंकले  दोस्रो पटक सूचना जारी गर्दै सर्वसाधारणबाट आवेदन माग गर्ने जनाएको छ। 

इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बानेश्वरमा आवेदन दिनुपर्नेछ। सूचनामा सेयरमूल्य भने खुलाइएको छैन।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .