विराटनगरमा पाँचतारे होटल ‘लेमन ट्री प्रिमियर’ निर्माणाधीन छ। कुल १ अर्ब ५१ करोड रुपैयाँ लगानीमा होटल बन्नलागेको हो।
विराटनगर भृकुटीचोकमा रहेको शुभ इन्टरनेश्नल हस्पिटालिटी प्रा.लिले होटल सञ्चालमा ल्याउन लागेको हो।
२०११ मा नेपाल बजार इन्टरनेश्नल प्रा.लि को रुपमा कम्पनी दर्ता भई डिपार्टमेन्टल स्टोर सञ्चालन गरेको थियो। जुन २०१९ मा बन्द भएको छ।
कम्पनीको अध्यक्ष कविन श्रेष्ठ रहेका छन्। श्रेष्ठको स्वामित्व २५ प्रतिशत रहेको छ।
श्रेष्ठसँगै लामो समय विराटनगरमा व्यवसायको अनुभव भएका विनय कुमार चौधरीको अग्रवालको ३० प्रतिशत, सीतादेवी चौधरी अग्रवालको ४० प्रतिशत र गंगा खतिवडाको ५ प्रतिशत सेयर रहेको छ।
गत वैशाखसम्म कम्पनीले ३७ प्रतिशत वित्तीय प्रगति गरेको छ। होटलका लागि आवश्यक ऋणमध्ये ५४ प्रतिशतको लागि सम्झौता भइसकेको छ। बैंकमा निक्षेपको अभावका कारण होटलले सजिलै ऋण पाउन मुश्किल छ। होलले आफ्नो स्वपुँजी बढी र ऋण लगानी कम गर्ने नीति लिएको छ।
४७ प्रतिशत ऋण र ५३ प्रतिशत स्वपुँजी राख्ने कम्पनीले प्रस्ताव गरेको छ। रेटिङ एजेन्सी आइक्राका अनुसार होटलले बैंक तथा वित्तीय संस्थाबाट ८४ करोड रुपैयाँ ऋण लिनसक्ने गरी रेटिङ पाएको छ।
८० कोठा सहित पाँचतारे होटल निर्माण हुँदैछ। २०२३ को जनवरीबाट होटल सञ्चालन गर्ने लक्ष्य राखे पनि त्योअनुसार निर्माण हुनसकेको छैन। विभिन्न परिकारसहितको रेष्टुरेन्ट, बार, मिटिङ र कन्फिरेन्स हलसहितको हुनेछ।
होटलको व्यवस्थापनको लागि कार्निएसन होटेल्स प्रा.लिसँग सम्झौता भएको छ। सहायक कम्पनीको रुपमा रहेको लेमन ट्री प्रिमियर भारतीय पाँचतारे होटल ब्रान्ड हो। भारतमा ५० ठाउँमा लेमन ट्री प्रिमियर तारे होटलसहित साइट्रक क्याफे र रिपब्लिक अफ नुडल्र्स ब्रान्ड सञ्चालनमा रहेका छन्।
भारतीय पर्यटकलाई लक्षित गर्दै होटल निर्माण भइरहेको छ। उक्त क्षेत्रमा ५ तारे होटल निर्माण भइसकेका छैनन्। त्यस्तै गत साउनमा मात्रै अन्तर्राष्ट्रिय चेन र्याडिसन खुल्ने सम्झौता भएको छ। र्याडिसन होटल ग्रुप र सेन्चुरियन होटलबी समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। पूर्वराज्यमन्त्री मोतिलाल दुगडसहितको लगानीमा र्याडिसन सञ्चालनमा आउनेछ।
१४० कोठाको होटलमा स्विमिङ पुल, जीम, स्पा, रेष्टुरा लगायत सुविधा हुनेछन्। होटलको लगानी करिब ३ अर्ब हुने अनुमान रहेको छ।
Shares
प्रतिक्रिया