इसेवा मनी ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ल्याएको रेमिटोत्सव योजनाको विजेता घोषणा गरेको छ।
विदेशबाट वैधानिक माध्यमबाट रेमिट्यान्स पठाउन सन्देशमूलक तथा सेवाग्राही मैत्री योजनाको विजेता गोरखाका कमर बनेका हुन्।
कम्पनीले गत वैशाख १ देखि यही साउन ४ सम्म उक्त योजना ल्याएको थियो। योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अबैधानिक रेमिट्यान्स गतिविधिलाई निरुत्साहित गर्दै वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन र प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ।
यस अफरमा १४ हप्तासम्म संसारका दुई सयभन्दा बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स कारोबार गर्नेमध्ये हरेक दिन १ जनालाई र योजना अवधिभर कुल ९८ जनालाई प्रत्येक दिन उपहारस्वरुप पाँच हजार रुपैयाँ प्रदान गरिएको कम्पनीले उल्लेख गरेको छ।
त्यस्तै, यस योजनाका दौरान बम्पर उपहार विजेतालाई ५० हजार रुपैयाँ व्यवस्था गरिएको थियो। यसकै विजेता कमल बनेका हुन्।
कम्पनीका अनुसार उनले रेमिटोत्सव योजनाका दौरान कतारको युनिमोनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स पठाएका थिए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले रेमिटोत्सव सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गरे।
उनले भने, ‘रेमिट्यान्स देशको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएकाले यसलाई वैधानिक तवरबाट देश भित्र्याउन सकेमा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव देखिनेमा कुनै दुई मत छैन। त्यसैले हामीले यस योजनामार्फत रेमिट्यान्स कारोबार गर्दा वैधानिक माध्यमबाट मात्र कारोबार गरौँ भन्ने मूल सन्देश दिएका छौँँ।’
इसेवा मनी ट्रान्सफरले रेमिटोत्सव समाप्त भए पनि व्यापार प्रवर्द्धनात्मक तथा सेवाग्राही मैत्री डिजिटल रेमिट्यान्समा आइफोन जित्ने अवसरसहितको अफर ल्याएको छ।
विदेशबाट सोझै इसेवा वालेटमा पैसा लोड गर्न सकिने सन्देशमूलक यस अफरमा पठाउनेले आइफोन १३ जित्न सक्नेछन् भने नेपालमा प्राप्त गर्ने व्यक्तिले सय रुपैयाँ बोनस पाउने कम्पनीको भनाइ छ।
त्यस्तै विदेशबाट आएको नगद रेमिट्यान्स सोझै आफ्नो इसेवा वालेट्मा प्राप्त गरि सेवाग्राहीले २ सय रुपैयाँको बोनस समेत प्राप्त गर्न सक्नेछन्।
Shares
प्रतिक्रिया