भारतीय वायरलेस हियरेबल ब्रान्ड ‘बोट’का सुन्न र लगाउन मिल्ने उपकरण नेपाली बजारमा आउने भएको छ।
बिक्रेता इम्याजिन मार्केटिङ लिमिटेडले ती उपकरणहरु चाँडै बजारमा ल्याउने जनाएको हो।
नेपालमा स्मार्टवाच र हियरेबलको बढ्दो मागसँगै इम्याजिनले उच्च गुणस्तरका उत्पादनहरू सुपथ मूल्यमा उपलब्ध गराउने भएको हो।
स्क्वायर डायल भएको वेभ प्रो ४७, १.६९ इन्च कलर एचडी डिस्प्लेमा पूर्ण क्यापेसिटिव टच र रेस्पोन्सिभ टच इन्टरफेस रहेको छ।
यो डिस्प्लेमा गुणस्तर्य पिक्चर, ५०० निट्स ब्राइटनेस र विशाल दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। यसको नवीनतम बोट असाप चार्ज टेक्नोलोजीको सात दिनसम्मको पावर ब्याकअप मात्र ३० मिनेटमा शून्यदेखि १०० प्रतिशतसम्म चार्ज गर्ने कम्पनीले जनाएको छ।
यसमा भएको आईपी६७ ले यसलाई पसिना, पानी र धूलो प्रतिरोधी बनाउने र यसलाई उत्कृष्ट फिटनेस पार्टनर बनाउने कम्पनीको भनाइ छ। देशभर उपलब्ध वेभ प्रो ४७ को मूल्य ६ हजार ४९९ रुपैयाँ छ।
यस कम्पनीले बोटको सबैभन्दा नयाँ संस्करणको बोट एक्स्टेन्ड स्पोर्ट स्मार्टवाच पनि लन्च गरेको छ। यसमा फिटनेस वाचका सुविधाहरू समावेश गर्नुका साथै स्पोर्टी र स्टाइलिस छन्।
यसमा ७ सय बढी सक्रिय मोडहरू छन् जसले तपाईंको निद्राको गतिबिधि देखि तपाईंको पोस्ट वर्कआउटको लागि क्यालोरी ट्र्याक गर्दछ । छिटो चार्ज हुने प्रविधिको साथ तयार पारिएको यो स्मार्टवाचलाई ३० मिनेटमै पूर्ण चार्ज गर्दछ।
यो स्मार्टवाच स्पोर्टी १.६९ इन्च एचडी डिस्प्लेको साथ आउँदछ जसमा ब्राईट र रेस्पोनसिभ टच इन्टरफेस रहेको छ। यसमा १००+ फेस अप्सन छन् जसले तपाइँको भाइबलाई तपाइँको घडीसँग हरेक दिन मिलाउन मद्दत गर्छ । एक्स्टेन्ड स्पोर्ट नेपालको सबै रिटेल आउटलेटमा ६ हजार ४९९ रुपैयाँ मूल्यमा उपलब्ध छ।
यस कम्पनीको नयाँ लाइनअपमा बजारमा नेकब्यान्ड– रकर्ज ३३० र रकर्ज २५५ प्रो प्लस पनि ल्याएको छ। यी उत्पादनहरू नवीनतम प्रविधि र उच्च गुणस्तरको साथै बोट सिग्नेचर साउन्ड र किफायती मूल्यमा उपलब्ध छन्। बजारमा यसको मूल्य ३ हजार ३९९ रुपैयाँदेखि ३ हजार ४९९ रुपैयाँसम्म छ।
Shares
प्रतिक्रिया