ad ad

कारोबार


नेपाल बैंक लिमिटेड र दराजबीच भुक्तानी सेवामा छुट दिने सम्झौता

नेपाल बैंक लिमिटेड र दराजबीच भुक्तानी सेवामा छुट दिने सम्झौता

नेपालखबर
असोज १०, २०८१ बिहिबार १२:१८, काठमाडौँ

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमु प्रालिबीच छुटसम्बन्धी सम्झौता भएको छ। 

बैंकमा निक्षेप खाता रहेका ग्राहकहरुलाई दराजको अनलाईन पोर्टलमार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको हो। 

नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसंग साझेदारीलाई निरन्तरता दिएको छ। बैंकका निक्षेपकर्ताहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा १० प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट हुने र क्रेडिट कार्डको माध्यममार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ हजार रुपैयाँबराबरकोे छुट प्राप्त गर्न सकिनेछ। 

छुट प्राप्त गर्नको लागि नेपाल बैंकको शाखाहरुमा सम्पर्क गरी ग्राहकहरुले आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरुलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ। 

यो योजना यही असोज ११ देखि २१ गतेसम्म लागू हुनेछ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .