ad ad

कारोबार


कर्मचारी सञ्चय कोषका सदस्यहरूलाई फोनपेले डिजिटल भुक्तानी सुविधा दिने

कर्मचारी सञ्चय कोषका सदस्यहरूलाई फोनपेले डिजिटल भुक्तानी सुविधा दिने

नेपालखबर
असोज ११, २०८१ शुक्रबार १३:४७, ललितपुर

फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोष (ईपीएफ) बीच, एपीआई आधारित होस्ट-टु-होस्ट (एचटुएच) भुक्तानीको सुविधा प्रदान गर्ने साझेदारी भएको छ।

यसले कर्मचारी सञ्चय कोषको एर्प (ईआरपी) प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जोडेको छ।

यसो गर्दा कर्पोरेट भुक्तानीहरु व्यवसायदेखि ग्राहक (बीटुसी), व्यवसायदेखि व्यवसाय (बीटुबी) र  व्यवसायदेखि सरकार (बीटुजी) सम्मको भुक्तानी सरल अनि सजिलो भएको फोनपेले जनाएको छ। 

यो व्यवस्थाले फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्ममार्फत सापटीहरूबाट प्राप्त रकम संकलन गर्न कर्मचारी सञ्चय कोषलाई सक्षम बनाउनेछ।

यस रणनीतिक साझेदारीको फलस्वरुप, अब कर्मचारी सञ्चयकोषमा आबद्ध सदस्यहरूले, मोबाइल बैंकिङ एप्स, इन्टरनेट बैंकिङ, र ओम्नि च्यानल वेबसाइटहरू मार्फत सजिलै आफ्नो भुक्तानी गर्न सक्नेछन्।आधुनिक डिजिटल भुक्तानी पूर्वाधार; जस्तै होस्ट-टु-होस्ट (एचटुएच) भुक्तानी इन्टेग्रेशनले कर्पोरेट भुक्तानीहरुको साथ-साथै विभिन्न वित्तीय प्रक्रियाहरूलाई पनि सरल बनाउने गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .