कारोबार


डिशहोमले ल्यायो ‘खुसी’ एआई

डिशहोमले ल्यायो ‘खुसी’ एआई

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १३:४३, काठमाडौँ

डिशहोमले अब डिश होम एआई ‘खुसी’ सेवा सार्वजनिक गरेको छ।

डिशहोमले नयाँ प्रविधिको प्रयोग गर्दै नेपालमै दुईतर्फी भोइस एआई ‘खुसी’ सार्वजनिक गरेको हो।

डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम)ले पछिल्ला समयहरुमा निरन्तर प्रविधि आधारित नवप्रवर्तन गर्दै आएको जनाएको छ। 

ग्राहकलाई डिजिटल प्रविधिसँग अझ नजिक ल्याउने उद्देश्यले डिशहोमले केही समय अघि भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको थियो।

यसमार्फत डिशहोमका ग्राहकले होटल, रेस्टुरेन्ट, रिसोर्ट, स्वास्थ्य सेवा, इलेक्ट्रोनिक सामान लगायत २०० भन्दा बढी साझेदार व्यवसायमा २५ प्रतिशतसम्म छुट पाउने सुविधा प्राप्त गर्दै आएका छन्। 

त्यसपछि, डिशहोमले नेपाल प्रिमियर लिग २०२५ लाई आफ्नै डिशहोम गो नामक ओटीटी प्लेटफर्ममार्फत प्रत्यक्ष प्रसारण गरी उद्घाटन खेलमा दुई लाखभन्दा बढी दर्शकलाई एकै पटक खेल देखाउन सफल भई नेपालको डिजिटल मनोरञ्जन क्षेत्रमा ऐतिहासिक कदम चाल्यो। हाल एनपीएल चलिरहेको नै छ।

भोइस–एआई प्रविधिमा डिशहोमको ठूलो कदम
डिशहोमले स्थानीय सन्दर्भ र उपयोगितालाई आधार मानेर एआई सेवा विकास तथा विस्तार गर्ने स्पष्ट रणनीति अपनाएको छ, र यही उद्देश्यका लागि डिशहोमले आफ्नो रणनितिका साझेदारसंग सहकार्य गरेको छ।

डिशहोमका लागि एआई को प्रयोगक्षेत्रमा विशेष रूपमा सेवा निष्क्रिय भएका ग्राहकलाई नेपाली भाषामा मानव–जस्तै आवाजमा निरन्तर संवादमार्फत पुनः नवीकरणका लागि सम्पर्क गर्ने, सम्बन्धित अफरहरू प्रस्तुत गर्ने तथा कुराकानीको क्रममा प्राप्त हुने प्रतिक्रिया, गुनासो र सुझाव सङ्कलन गरी ग्राहक सेवा केन्द्र समुह सम्म पु¥याउने समावेश हुनेछ। साथै, कुराकानीकै क्रममा ग्राहकको भावनात्मक प्रतिक्रिया (सेंटिमेन्ट एनालाइसिस) विश्लेषण गरी प्रतिवेदन तयारी गर्ने क्षमता समेत एआईमा उपलब्ध हुनेछ।

यसबाहेक, समय–समयमा नेटवर्कमा प्राविधिक समस्याले गर्दा सेवा अवरुद्ध हुने अवस्थाहरूमा एआई प्रणाली डिशहोमको केन्द्रीय प्रणालीसँग एकीकृत भई ग्राहकले ग्राहक सेवा केन्द्रमा कल गर्दा अवरोधको कारण, अनुमानित समाधान समय, तथा प्रगति विवरण प्रदान गर्न सक्षम हुनेछ। यसले ठूलो परिमाणमा कल आउने अवस्थाहरूमा ग्राहकलाई तुरुन्त र यथार्थ जानकारी उपलब्ध गराई ग्राहक सेवालाई थप प्रभावकारी बनाउनेछ।

भविष्यका विस्तारित योजना
आगामी चरणमा डिशहोमले ‘खुसी’ लाई ग्राहक पहिचान विवरण प्रमाणीकरण गर्ने, सही विवरण सङ्कलन गरी स्वचालित रूपमा ग्राहक डेटाबेसमा अद्यावधिक गर्ने सुविधा सुरु गर्नेछ।

जडान तथा प्राविधिक मर्मतसम्बन्धी समय व्यवस्थापनमा पनि खुशीको प्रयोग गरिनेछ, जसअन्तर्गत खुशीले ग्राहकसँग सम्पर्क गरी उपयुक्त समय माग्ने, व्यस्ततालाई ध्यानमा राख्दै समय पुनःसमायोजन गर्ने तथा सेवा गुणस्तरलाई सधैं समान र समयबद्ध बनाइ राख्नेछ, जसले ग्राहक अनुभवमा महत्वपूर्ण सुधार ल्याउनेछ।

फेसबुक मेसेंजर र वेबच्याटमार्फत प्रदान हुँदै आएको सामान्य जानकारीका लागि प्रयोग हुने च्याटबोटमा समेत ‘खुसी’ एकीकृत गरिँदैछ, जसलाई आगामी चरणमा व्हाट्सएप र भाइबरमा विस्तार गरिने योजना छ।

‘खुसी’ को प्रभावकारी उपयोग नेपाली भाषामा आधारित संवादात्मक एआई प्रणालीको स्तर, दायरा र सुधारमा निर्भर छ भन्ने कुरालाई आत्मसाथ गरी एआई प्रविधिको प्रगति र व्यवसायिक प्रयोगलाई सुदृढ बनाउन डिशहोमले अन्तर्राष्ट्रिय एआई अनुसन्धान तथा विकास संस्थासँग सहकार्य गर्दै नेपाली भाषाको संवाद क्षमता अभिवृद्धिका लागि दीर्घकालीन परियोजनामा सहाकार्यका लागी तयारी गर्दैछ। डिशहोमले विगतदेखि वर्तमानसम्म सञ्चालित आफ्नो विशाल डेटाबेसलाई परीक्षणको क्रममा अनुसन्धान तथा प्रशिक्षणका लागि उपलब्ध गराउन सकिने डिशहोमले जनाएको छ।

डिशहोमले नेपालमा एआई प्रविधिको व्यावसायिक उपयोगमा नयाँ मापदण्ड स्थापित गर्नेछ।

‘खुसी’ को आगमनसँगै डिशहोमले ग्राहक सेवामा अधिक डिजिटल, छरितो, मानवीय–शैलीअनुकूल एआईमा आधारित प्रविधिको विकाशको दिशामा दृढतापूर्वक अघि बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad