कारोबार


एनएमबी ‘इन्स्टा बाइ’मार्फत क्रेडिट कार्ड सेवामा एनएमबी बैंकको थप सुविधा

एनएमबी ‘इन्स्टा बाइ’मार्फत क्रेडिट कार्ड सेवामा एनएमबी बैंकको थप सुविधा

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १३:५३, काठमाडौँ

एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन ‘एनएमबी इन्स्टा बाइ’ सुविधा सार्वजनिक गरेको छ।

यो सुविधामार्फत क्रेडिट कार्डधारकहरूले अब ५ हजार रुपैयाँभन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दीमा रूपान्तरण गर्न सक्नेछन्।

यो प्रक्रियामा ग्राहकले आफ्नो खरिद बिल र पस स्लिप १० दिनभित्र ईएनएमबी एप वा बैंकको वेबसाइटमार्फत इन्स्टा बाइ पोर्टलमा अपलोड गर्न सक्छन्।

न्यूनतम शुल्क तथा ब्याजदर, अग्रिम भुक्तानीमा कुनै जरिवाना नलाग्ने व्यवस्था र शाखा धाउन नपर्ने सुविधासहित, ‘इन्स्टा बाइ’ मर्फत स्वास्थ्य परीक्षण, यात्रा, जीवनशैली वा चाडपर्वका लगायतमा हुने खर्चहरू सहज रूपमा व्यवस्थापन गर्न सकिनेछ।

एनएमबी बैंकले देशभरका २०२ शाखा, १८४ एटीएम र ९ एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रवाह गरिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad