टीसीएल ब्रान्डले आगामी विश्वकप क्रिकेटलक्षित क्याम्पेनको विजेता घोषणा गरेको छ।
सीजी इलेक्ट्रोनिक्सले नेपालमा टीसीएल ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स सामानहरु बिक्रीवितरण गर्दै आएको छ।
सो क्रममा विश्वकप क्रिकेटअन्तर्गत नेपालको खेल हेर्न स्टेडियममै जान पाउने क्याम्पेन टीसीएलले ल्याएको थियो।
क्याम्पेनमा टेकनाथ भण्डारी विजेता छानिएका हुन्। उनले चार रात र पाँच दिनको मुम्बई यात्राका साथै विश्वकप क्रिकेटमा नेपालको खेल प्रत्यक्ष हेर्न पाउनेछन्।
उनले मोडर्न डिजिटल इलेक्ट्रोनिक्स पोखराबाट टीसीएल पी७के क्यूलेड टिभी खरिद गरेका थिए।
24
Shares

प्रतिक्रिया