ad ad

कारोबार


सुनको मूल्य तीन दिनयता स्थिर, चाँदीको बढ्यो

सुनको मूल्य तीन दिनयता स्थिर, चाँदीको बढ्यो

नेपालखबर
फागुन २९, २०८० मंगलबार ११:२७, काठमाडौँ

सुनको मूल्यमा तीन दिनयता कुनै फेरबदल भएको छैन। गत २७ गतेयता सुनको मूल्य स्थिर छ तर चाँदीको भने प्रतितोला १० रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख २६ हजार, तेजाबी सुन १ लाख २५ हजार ४ सय र चाँदी १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको छ। 

सुनको मूल्यमा कुनै फेरबदल नभए पनि चाँदीको भने १० रुपैयाँ बढेको हो। 

हाल सुनको मूल्य उच्च विन्दुमा छ। अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य २ हजार १ सय ७७ अमेरिकी डलर प्रतिऔँस पुगेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .