वीरगन्जमा सुविधा सम्पन्न होटल वृन्दावन सञ्चालन भएको छ। विशेष कार्यक्रमका बीच वीरगन्ज महानगर पालिकाका नगर प्रमुख राजेशमान सिंहले होटलको उद्घाटन गरे।
वीरगन्ज वडा नम्बर-४, दुई नम्बर रोड, कन्या स्कुलसामुन्ने रहेको होटल वृन्दावन १० करोडको लगानीमा निर्माण गरिएको हो।
पाँचतले भवनमा ३० वटा आधुनिक इन्टेरियरमा तयार गरिएका आरामदायी रुम रहेको होटेल सञ्चालक पप्पु सर्राफले जानकारी दिए।
उनका अनुसार ग्राउन्ड फ्लोरमा पार्किङको सुविधा छ भने पहिलो तलामा रेस्टुरेन्ट, दोस्रो तलामा २ वटा ब्यान्केट हल, एउटा मिटिङ हल छन्।
‘नेपाली होटलहरुमा पहिलोपटक हुनुपर्छ, जहाँ हामीले ब्यान्क्वेटको इन्टेरियर पूर्णतः गोल्डेन सिसाका फ्लेक प्रयोग गरेका छौँ। यसले पार्टी भेन्युलाई अझ रिच, ल्याभिस र सकारात्मक महसुस गराउनेछ’, सञ्चालक अध्यक्ष सर्राफको दाबी छ।
त्यसैगरी तेस्रो र चौथो तलामा बास बस्न एसीजडित रुम छन्। होटलको ओपनिङलाई पारेर हामीले नर्मल एसी रुमको चार्ज २२ सय र त्यसमा पनि खाजाको व्यवस्थासहित ३० प्रतिशत छुट दिइएको उनको भनाइ छ। साथै एसीसहित स्विट रुमलाई ६ हजार दररेटसहित ३० प्रतिशत अतिरिक्त छुट कायम गरिएको सर्राफले बताए।
‘ब्रिटिस शैलीमा तयार गरिएको रेस्टुरेन्ट ओपन छ, यसमा पनि हामीले खाना अथवा खाजामा आउने ग्राहकलाई २० प्रतिशत छुटको व्यवस्था गरेका छौँ। छुटको व्यवस्था आजैको मितिदेखि ६ महिनासम्मका लागि लागू हुनेछ’, उनले भने।
Shares
प्रतिक्रिया