ad ad

कारोबार


दुर्गममा टेलिकमकाे कर्मचारी कम हुँदा मर्मतसम्भारमा ढिलाइ भयो : मन्त्री शर्मा

दुर्गममा टेलिकमकाे कर्मचारी कम हुँदा मर्मतसम्भारमा ढिलाइ भयो : मन्त्री शर्मा

नेपालखबर
माघ २२, २०७९ आइतबार १३:१३, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुर्गम क्षेत्रमा नेपाल टेलिकमकाे कर्मचारी कम भएकाे बताएकी छिन्। 

कर्मचारी कम हुँदा मर्मतसम्भारमा ढिलाइ हुनेजस्ता समस्या देखिएको उनको भनाइ छ।  

उनले आगामी दिनमा टेलिकमका सेवा भूउपग्रहबाट विस्तार गर्नुपर्ने बताइन्। 

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका अध्यक्ष तथा सञ्चार सचिव वैकुण्ठ अर्यालले  सेवा विस्तारसँगै गुणस्तरीय हुनुपर्ने बताए। 

अर्यालले ग्राहककाे गुनासाे बेलैमा सम्बोधन गर्नुपर्ने बताए। 

'टेलिकममा प्रतिस्पर्धा छ। ग्राहकका गुनासाे सम्बोधन नभए टाँसिएर बस्दैनन्', उनले भने ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .