नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर र दिनारसहित केही विदेशी मुद्राको मूल्य बढ्दा धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको हो।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १३४ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। विगत दुई दिन स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो।
हिजो र अस्ती अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०४ पैसामा कारोबार भएको थियो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४७ रुपैयाँ र बिक्रीदर १४६ रुपैयाँ ६५ पैसा थियो।
त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७४ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७९ पैसा थियो।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९० रुपैयाँ ३० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ०१ पैसा र बिक्रीदर ९० रुपैयाँ ४१ पैसा थियो।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ०९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ७८ पैसा थियो।
त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ २९ र बिक्रीदर ३५५ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ र बिक्रीदर ३५५ रुपैयाँ ५९ पैसा थियो।
हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची
Shares
प्रतिक्रिया