ad ad

कला


कसैको सम्बन्ध धरापमा : कसैको कसियो लगनगाँठो

कसैको सम्बन्ध धरापमा : कसैको कसियो लगनगाँठो

नेपालखबर
पुस २३, २०७८ शुक्रबार ९:७, काठमाडौँ

फिल्म क्षेत्रमा कलाकारको प्रेम सम्बन्धको मात्रै चर्चा हुँदैन। सम्बन्ध बिग्रिएको प्रसङ्गले पनि उत्तिकै स्थान पाउने गरेका छन्।

पछिल्लो समय अभिनेत्री वर्षा राउत र उनका श्रीमान् कलाकार संजोग कोइरालाको सम्बन्धलाई लिएर फिल्म उद्योग तातेको छ। उनीहरुको सम्बन्धमा दरार आएको खबरको राप वर्षा र संजोगसम्म पुग्न समय लागेन।

वर्षा र संजोगलाई फिल्म उद्योगको आदर्श जोडीका रुपमा हेरिन्छ। उनीहरु सामाजिक सञ्जालमा प्रशस्तै एक–अर्काका तस्बिर सार्वजनिक गरिरहेका हुन्छन्।

यसै साता एकाएक वर्षाको इन्स्टाग्रामबाट संजोगका सबै तस्बिर डिलिट भए। त्यसपछि तीव्र गतिमा उनीहरुको सम्बन्धमा खटपट आएको खबर सार्वजनिक भयो। त्यसपछि वर्षाले पुनः संजोगका तस्बिर र भिडियो पोस्ट गरेकी छिन्। 

वर्षा र संजोगको सम्बन्ध बिग्रिएको खबर प्रकाश सुवेदीले ‘रजतपट’ मार्फत पनि सार्वजनिक गरे। रिपोर्टको अन्त्यमा प्रकाशले कामना पनि गरेका छन् ‘हामीले सुनेका सबै कुरा हल्ला मात्रै हुन्। यति राम्रो जोडी टुट्नु हुँदैन।’

लामो समयको प्रेम पछि वैवाहिक जीवन सुरु गरेका वर्षा र संजोग मिलेर काठमाडौंका विभिन्न स्थानमा व्यवसाय सञ्चालन गर्दै आएका छन्।

अर्की अभिनेत्री वर्षा शिवाकोटीको पनि उनका प्रेमीसँग सम्बन्ध चिसिएको खबर सार्वजनिक भएको छ। कलाकार राज कटुवालसँगको प्रेममा रहेकी वर्षा केही समययता खुलेकी थिइन्।

प्रेममा परेको छोटो समयमै यो जोडी खुलेर बाहिर आएका थिए। उनीहरुले केही म्युजिक भिडियोमा एकसाथ काम पनि गरे। देश तथा विदेशका विभिन्न स्थानलाई ‘डेटिङ स्पट’ बनाए। तर वर्षा र राजको पनि सम्बन्ध बिग्रिएको खबर सार्वजनिक भएको छ।

वर्षाले राजलाई इन्टाग्राममा अनफलो गरेपछि उनीहरुको सम्बन्ध बिग्रिएको खबर बाहिर आएको हो। 

वर्षा यसअघि अमेरिकामा रहेका सविनजंग थापासँग प्रेम सम्बन्धमा थिइन् । थापासँगको प्रेमको कारण उनी अमेरिका आउने जाने क्रम चलिरहेको थियो । तर थापासँगको प्रेम गत माघ २०७७ मा प्रेम टुटेको खबर सार्वजनिक भयो। थापाले अमेरिकाबाटै रोनाधोना गरिरहे। यता वर्षा भने त्यसको छोटो समयमै राजसँग प्रेममा परेकी थिइन्। 

यता पुराना कलाकार रमेश उप्रेतीको पनि श्रीमतीसँग सम्बन्धविच्छेद हुन लागेको खबर बाहिर आएको छ। केही महिनादेखि रमेश आफ्नी श्रीमतीसँग छुट्टिएर बस्दै आएको खबर उनै रजतपट अंकलले सार्वजनिक गरेका छन्।

रमेश एक समयका चल्तीका हिरो हुन्। फिल्म चल्दाचल्दै अमेरिका पसेका रमेश नेपाल फर्किएको धेरै वर्ष भएको छैन। फिल्म उद्योगमा आफ्नो पुरानो क्रेज फर्काउने कसरतमा रहेका रमेशको सम्बन्धविच्छेदको खबरले फिल्म उद्योग तरंगित भएको छ।

केही कलाकारको सम्बन्ध संकटमा परेको खबर सार्वजनिक हुँदै गर्दा गायक यम बरालले दोस्रो बिहे गरेको खबर बाहिर आएको छ।

६ वर्षअघि श्रीमती आकृति राणासँग सम्बन्धविच्छेद गरेपछि गायक बराल एक्लै बस्दै आएका थिए। अमेरिकामा बस्दै आएका बरालले पनि सुटुक्क दोस्रो बिहे गरेको खबर छ। उनले काठमाडौंमा घर किनेर नयाँ दुलही भित्र्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .