एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा भन्ने चलचित्र 'प्रकाश' ले शिक्षकको विशेषता वा महत्वबारे कविता प्रतियोगिता आयोजना गरेको छ।
निर्माता महेन्द्र अधिकारीले दिएको जानकारीअनुसार प्रतियोगितामा विभिन्न कलेज तथा स्कूलका विद्यार्थीहरुले सहभागिता जनाउन सक्नेछन्।
सहभागिता जनाउनका लागि जुन कुनै कक्षामा अध्ययनरत भएपनि १२ वर्ष पुरा भई १८ वर्ष ननाघेको हुनु पर्नेछ भने बढी कक्षा १२ अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्ने बताइएकाे छ।
प्रतियोगितामा सहभागी मध्येबाट प्रथम हुनेले एक लाख रुपैयाँ पुरस्कार पाउने छन् भने द्वितीय हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
नेपाली र अंग्रेजी दुबै भाषालाई मान्यता दिइएको कविताको लम्बाइ १ देखि साढे एक मिनेट सम्मको हुनुपर्नेछ।
सहभागीले कविताको भिडिओ आफैँ बनाएर prakshthefilm @gmail.com मा पठाउन सक्नेछन्।
प्रतियोगिता श्रावण २० गतेबाट शुरु भएर भाद्र २० गते सम्म चल्नेछ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ।
मुख्य पात्रका माध्यमबाट वर्गीय विभेदको कुरा पनि उठाइएको छ।
विकास सुवेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको राउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ।
महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आर आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन्।
Shares
प्रतिक्रिया