कला


अनि प्रदीपको आक्रोश खुसीमा बदलियो

अनि प्रदीपको आक्रोश खुसीमा बदलियो

नेपालखबर
भदौ १२, २०७९ आइतबार १०:४९, काठमाडौँ

पछिल्लो समय नेपाली फिल्म उद्योगमा सबैभन्दा धेरै चर्चा नायक प्रदीप खड्काको छ। उनी अभिनित ‘प्रेमगीत ३’ प्रदर्शनको तयारीमा छ। उनकै अभिनय रहेको ‘प्रकाश’ प्रदर्शन भइरहको छ। 

‘प्रकाश’मा प्रदीपले आफ्नो ट्रयाक छाडेर अभिनय गरेका छन्। लभर ब्वईको भूमिकामा सफल प्रदीप यो फिल्ममा भने चरित्रमा देखिएका छन्। प्रदीपका लागि ‘प्रकाश’ करिअरकै महत्त्वपूर्ण फिल्मका रुपमा हेरिएको छ।

तर ‘प्रकाश’ले प्रदर्शनको पहिलो दिन क्यूएफएक्सले १० शो मात्रै दियो। प्रदीप निकै आक्रोशित देखिए। उनको आक्रोश मिडियादेखि हलसम्मै देखियो। त्यसपछि शनिबार क्यूएफएक्स चेनले १० बाट बढाएर २६ शो बनायो। जसमध्ये अधिकांश शो हाउसफुल देखिए।

अन्य हलमा पनि शनिबार ‘प्रकाश’को राम्रै क्रेज देखियो। नेपाल मल्टिप्लेक्स संघका अध्यक्ष सुरेन्द्र थापाले ‘कबड्डी–३’पछि हलमा दर्शकको उत्साह ‘प्रकाश’मा देखिएको बताए। 

शुक्रबार बलिउड फिल्म ‘लाइगर’लाई अत्यधिक शो दिएर आफ्नो फिल्मलाई शो नदिएको भन्दै आक्रोशित र निराश देखिएका प्रदीपका लागि शनिबार भने सुखद रह्यो। उनको आक्रोशपछि ‘प्रकाश’ले राम्रो शो पाउन सफल भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .