ad ad

कला


चलचित्र ‘झिँगेदाउ’ ज्येष्ठ नागरिकले सित्तैमा हेर्न पाउने

चलचित्र ‘झिँगेदाउ’ ज्येष्ठ नागरिकले सित्तैमा हेर्न पाउने

नेपालखबर
भदौ २१, २०७९ मंगलबार ७:३, काठमाडौँ

शुक्रबारदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘झिँगेदाउ’ अब ज्येष्ठ नागरिकले सित्तैमा हेर्न पाउने भएका छन्। राजधानीका बीएसआर मुभिज, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रे बनेपास्थित शुभकामना हलले ज्येष्ठ नागरिकका लागि यस्तो स्किम ल्याएका हुन्।

आमा–सन्तानबीचको भावनात्मक कथा भनेका कारण बीएसआर मुभिजले ६५ वर्षमाथिका आमाहरुका लागि सित्तैमा सिनेमा देखाउने घोषणा गरेको हो। निर्माण पक्षले दिएको जानकारीअनुसार अष्टनारायण पिक्चर्स र शुभकामना हलले भने प्रदर्शन अवधिसम्म ज्येष्ठ आमा–बुबा दुवैलाई सित्तैमा सिनेमा देखाउने छन्।

शुक्रबार औसत व्यापार गरेको ‘झिँगेदाउ’ले शनिबारबाट रफ्तार समातेको थियो। शनिबार अधिकतर हल हाउसफुल भएका थिए।

आइतबारदेखि पनि सिनेमाको ट्रेन्ड राम्रो छ । बलियो ‘वर्ड अफ माउथ’ले सिनेमा लाई राम्रो गरेको छ।

सिनेमालाई दर्शकको राम्रो साथ र प्रतिक्रिया मिलेपछि निर्देशक ज्ञानेन्द्र देउजाले ७ वर्षपछिको कमब्याक सफल भएको बताएका छन्।
यस्तै अभिनेत्री केकी अधिकारीले वर्षाैंपछि हलमा परिवारसहित दर्शक फर्किँदा खुसी मिलेको बताइन्। दर्शक प्रतिक्रिया राम्रो मिलेका कारण आगामी दिनमा पनि सिनेमाले राम्रो व्यापारको सिलसिला कायम राख्ने आशा व्यक्त गरिन्।

अभिनेत्री आँचल शर्माले दर्शक प्रतिक्रिया र उपस्थितिले उत्साह मिलेको बताइन्। दर्शक प्रतिक्रिया बुझ्न आँचल सोमबार चितवन पुगेकी छन्। 
आमा र छोरा–बुहारीहरुको कथा भन्ने सिनेमामा केकी र आँचलसँगै मुकुन भुसाल, कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतको पनि अभिनय छ।

सिनेमामा अर्जुन पोखरेलको संगीत, विष्णु घिमिरे (कल्पित) को छायांकन, रोशन श्रेष्ठको एक्सन र मित्रदेव गुरुङको सम्पादन छ। सुलभ प्रतिक देउजा र समीक्षा देउजाले निर्माण गरेको सिनेमामा सुशील दाहाल र ईश्वर घिमिरेको सहनिर्माण छ।

सिनेमा कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .