म्युजिक भिडिओमा चलेकी मोडल हुन्- उषा उप्रेती। म्युजिक भिडिओबाट फिल्ममा जम्प गर्ने योजनामा रहेकी उषालाई अहिलेसम्म फिल्मको अफर भने आएको छैन।
उनीसँगै म्युजिक भिडिओमा आएकी गरिमा शर्मा फिल्मकी नायिका भइसकिन्।
समकालीन साथी फिल्ममा देखिने कुराले चर्चामा छिन्। यता उषा भने विकिनीका कारण चर्चामा आएकी छन्।
केहि समयअघि भारतको गोवामा पुगेकी उषाले विकिनीमा आफ्नो हट अवतार देखाइन्। त्यसपछि उनी ट्रोलको सिकारसमेत भएकी छन्।
सामाजिक सञ्जालमा आफ्नो विकिनी अवतारले तरंग ल्याएपछि उषाले समुद्रमा विकिनी लगाउनु सामान्य भएको बताएकी छन्।
उनले भनिन् ‘त्यही विकिनी बलिउड र हलिउडका नायिकाले लगाउँदा कति राम्रो भनेर प्रशंसा गर्ने नेपाली समाज नेपाली मोडल वा नायिकाले लगाउँदा गाली र आलोचना गर्छ। त्यसमा मेरो के दोष?’
सामाजिक सञ्जालमा जति ट्रोल गरिए पनि, जस्ता कमेन्ट आए पनि आफूले कुनै गल्ती नगरेको उषा बताउँछिन्। सञ्जालका कुराले आफूलाई कुनै असर नगर्ने उनको भनाइ छ।
Shares
प्रतिक्रिया