नेपाल चलचित्र संघले सोमबार देशभरका सिनेमा हल बन्द गर्ने निर्णय फिर्ता लिएको छ। निर्माता संघसँगको छलफलपछि चलचित्र संघले निर्णय फिर्ता लिएको हो।
चलचित्र संघको विशालनगरस्थित कार्यालयमा भएको द्विपक्षीय वार्तामा दुवै संघका महासचिवको नेतृत्वमा ५/५ सदस्यीय वार्ता समिति गठन गर्ने निर्णय पनि भएको छ।
वार्ता समिति गठनसहित सहमति र सहकार्य गर्दै अघि जाने तथा दुवै संस्थाले आफ्ना सदस्यलाई संयमित बनाउने सहमति पनि जुटेको छ।
आगामी दिनमा हरेक समस्यामा छलफलका माध्यमबाट समाधान गर्ने निर्णय पनि भएको छ।
वर्तापछि जारी संयुक्त विज्ञप्तिमा चलचित्र संघका महासचिव नरेन्द्र महर्जन र निर्माता संघका महासचिव सुनिलकुमार थापाले हस्ताक्षर गरेका छन्।
42
Shares
प्रतिक्रिया